धादिङमा ४.४ रेक्टरस्केलको परकम्प

काठमाडौं : मंगलबार राती १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको परकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले २०७२ साल बैशाख १२ गते गएको भूकम्पकै परकम्प भएको र नयाँ भूकम्प नभएको जनाएको छ । 

गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर २०७२ सालमा ७.८ रेक्टरस्केलको महाभूकम्प गएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?