मोदी फेरि नेपाल आउने

एजेन्सी : बैशाखको अन्त्यमा नेपालको भ्रमण गरका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसको ६ महिना नबित्दै फेरि नेपाल आउने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेपालले आयोजना  लागेको चौथो बिमस्टेक शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउन लागेका हुन् ।

पर्राष्ट्रमन्त्रालयले जनाए अनुसार भाद्र १४ र १५ तदनुसार अगस्ट ३० र ३१ गरी नेपालले चौथो बिमस्टेकको बैठक आयोजना गर्न लागेको हो । 

बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाईल्यान्डसम्मिलित देशहरूको क्षेत्रीय सहयोग संगठन बिमस्टेकको शिखर सम्मेलनको तयारी भइरहेको पर्राष्ट्रमन्त्री प्रदीप ज्ञावालीले जानकारी

दिएको भनि भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दक्षिण एसियाली सहयोग संगठन सार्कले गति लिन नसकिरहेको अवस्थामा भारतले बिमस्टेकलाई अगाडि बढाउन खोजेको छ ।

पाकिस्तानको सहभागीता नरहेकोले भारतलाई यो क्षेत्रीय सहयोग संगठन अगाडि बढाउन सहज भएको देखिएको छ ।

सन् २०१६मा  बिमस्टेकका नेताहरूलाई गोवामा भारतले स्वागत गरेको थियो । 

पर्राष्ट्रमन्त्री ज्ञावालीले भने “नयाँ संविधानको घोषणा र नयाँ सरकारको स्थापना भएपछि हुन लागेको बिमस्टेकको शिखर बैठक महत्वपूर्ण हुनेछ । सरकारले यसलाई धेरै महत्व दिएको छ । ”

यो बैठकमा भारतीय प्रधानमन्त्री मोदी लगायत बिमस्टेकका सरकार प्रमुख वा राष्ट्रप्रमुखको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

हाल नेपाल बिमस्टेको अध्यक्षता गरिरहेको छ ।

सदस्य राष्ट्रका बरिष्ठ अधिकारीहरूको बैठक भाद्र १२ गते , मन्त्रीस्तरीय बैठक १४ गते र सरकार  र राष्ट्रप्रमुखहरूको बैठक १५ गते हुनेछ । 

बिमस्टेकले व्यापार, लगानी, प्रविधि, ऊर्ज, यातायात, सञ्चार, पर्यटन, मत्सय पालन, कृषि, संस्कृति सहयोग, वातावरण, प्राकृतिक प्रकोप, सार्वजनिक स्वास्थ्य, गरिबी निवारण, जनता जनता बीच सम्पर्क,

आतंकवाद विरोध अभियान र जलवायु परिवर्तनका विषयमा आपसी सहयोग अभिवृद्धि गर्न ध्यान दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?