काठमाडाैं : नयाँ अार्थिक बर्ष शुरू भएसँगै बैंक तथा वित्तीय संस्था एवं पब्लिक कम्पनीहरूको चाैथो त्रैमासको प्रतिवेदन सार्वजनिक हुन थालेको छ ।
क्वार्टरली रिपोर्टबाट कम्पनीको समग्र अार्थिक अवस्थाको बारे लगानीकर्ता एवं सर्वसाधारणले जानकारी लिन सक्छन् । यस्तो रिपोर्ट विश्लेषणमार्फत कुन कम्पनीमा लगानी गर्ने र कुनमा नगर्ने भनि निर्णय लिन समेत लगानीकर्तालार्इ निकै सहज हुनेगर्छ ।
सामान्यता : सार्वजनिक वित्त व्यवस्थापनअन्तगर्त सरकारले चाैमासिक अवधिमा अाफ्ना प्रतिवेदन सार्वजनिक गर्नेगर्छ । बैंक एवं वित्तीय संस्थाहरूले भने हरेक तीन महिनामा अाफ्नो प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।
असार ३२ गते सोमबारदेखि गत अार्थिक बर्ष अन्त्य भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो चार महिना अवधिको त्रैमासिक विवरण साउन १ गतेदेखि नै सार्वजनिक गर्न थालेका छन् ।
फस्ट मार्इक्रोफार्इनान्सले पछिल्लो त्रैमासमा १० करोड २१ लाख ७६ हजार खुद नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । अघिल्लो अार्थिक बर्षको सोही अवधिको तुलनामा २७.४३ प्रतिशत बढि नाफा भएको यो लघुवित्तको क्वार्टरली रिपोर्टमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया