काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रालिले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरीय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको छ।
केही निर्माणकर्मीहरु विगतका अनुभवको आधारमा मात्रा निर्माणको काम गर्दै आएको तर सही निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले, उनीहरुलाई गुणस्तरीय निर्माण गर्ने तरिकाको ज्ञान दिनुपर्ने एकदम आवश्यकता रहेको युनाइटेड सिमेन्ट्सले महसुस गरी यी कार्यक्रम को पुन: थालनी गरेको छ।
हालसम्म ४ वटा स्थानमा सयौँ निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको र योकार्यक्रम निरन्तर चलिरहने र हजारौँ निर्माणकर्मीलाई प्रशिक्षण दिने यस उद्योगको लक्ष्य रहेको छ।
सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारी को साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाध्ने सहि तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी, कंक्रिटमा पानीको मात्रा र यसको असर आदि विषयमा सो कार्यक्रममा प्रस्ट पारिएको थियो।
सही तरिकाले निर्माण गर्नु निर्माणकर्मीको धर्म हो र यसो गरेपछि पारिवारिक घर निर्माणसहित गगनचुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत युनाइटेड सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिन्छ भनेर सो कार्यक्रममा प्रस्ट पारिएको थियो।
ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरी, आफैँ क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ७ वर्षदेखि नौबीसेमा रहेको आफ्नो कारखानाबाट उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।
काठमाडौं उपत्यकाको सबैभन्दा नजिक रहेको विशाल सिमेन्ट उद्योग युनाइटेड सिमेन्ट्स प्रा. लि. नै हो जसले आफ्ना ग्राहकलाई सधैँ ताजा र गुणस्तरीय सिमेन्ट उपलब्ध गराउँदै आएको छ ।
५३ ग्रेड तथा ४३ ग्रेड को ओपीसी सिमेन्ट बनाउँदै आएको यस उद्योगले आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई सधैँ मजबुत बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया