काठमाडौं, २७ असोज—अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरे बाफत नेपाल प्रहरीले आफ्नो ६२ औं दिवसको अवसरमा लागू औषध नियन्त्रण व्यूरोमा कार्यरत प्रहरी निरीक्षक अनिल ठकुरीलाई सम्मान गरेको छ ।उनलाई प्रहरी प्रदान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत बर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको हो ।विगत २ बर्षदेखि नेपाल प्रहरीको महत्वपूर्ण ईकाई लागु औषध नियन्त्रण व्यूरो, कोटेश्वरमा कार्यरत उनले लागु औषध अपराध नियन्त्रण एवं रोकथाममा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।त्यही योगदानको उच्च मूल्यांकन गरी उनलाई पुरस्कारको लागि सिफारिस गरी प्रहरी प्रधान कार्यालयद्वारा गठित पुरस्कार छनौट समितिले उत्कृष्ट अपराध अनुसन्धानकर्ताको रुपमा चयन गरेको हो ।लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरमा कार्यरत रहँदा उनले नेपालमै पहिलो पटक दुर्गम भेगमा गरिएको अफिमको सफल अनुसन्धान, काठमाण्डौ उपत्यकाका औषधि पसलहरुमा अनुगमन तथा छापा, बिभिन्न मितिमा चरेश, खैरो हेरोईन, टिटि आदिको सफल अनुसन्धान गरेर चर्चा कमाएका थिए ।२०६४ मा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी निरिक्षक ठकुरी नेपाल प्रहरीको राष्ट्रिय स्तरका सुटिङ खेलाडी समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया