भारतविरुद्ध तीन श्रृङ्खला इंग्ल्याण्डलाई

इंग्ल्याण्ड। भारत विरुद्धको तेस्रो तथा अन्तिम वान डे खेलमा इंग्ल्याण्डले ८ विकेटको जीत हात पारेको छ ।

यो जीतसँगै इंग्ल्याण्डले तीन खेलको रिसिज दुई—एकले आफ्नो पक्षमा पार्‍यो । 

हेडिङले स्टेडियममा मंगलबारराति भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्ने निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रनको विशाल योगफल तयार पारेको थियो ।  भारतका लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी ७१ रनको शानदार योगदान दिए ।

त्यस्तै, शिखर धवनले ४४ र महेन्द्र सिंह धोनीले ४२ रन बनाए । भुवनेश्वर कुमार र शार्दुल ठाकुरले आठौं विकेटका लागि ३५ रनको साझेदारी गर्दै भारतलार्इ सम्माजनक स्कोरतर्फ डोर्‍याएका थिए ।

भुवनेश्वरले २१ रन बनाउदा शार्दुल २२ रनमा अविजीत रहे । हार्दिक पान्डेले पनि २१ रनको योगदान दिए । ओपनर ब्याट्सम्यान रोहित शर्मा भने मात्र दुर्इ रन जोड्दै पवेलियनमा फर्किए । बलिङतर्फ डेविड विल्ली र आदिल रासिदले समान तीन—तीन विकेट लिन सफल भए ।

जवाफी मैदानमा ब्याटिङ गर्न उत्रेको इंग्ल्याण्डले निर्धारित लक्ष्य ४४ दशमलब ३ ओभरमा मात्र दुर्इ विकेट गुमाउँदै पूरा गर्‍यो । इंग्ल्याण्डका लागि जो रुटले अविजित शानदार शतकिय पारी खेले ।उनले १ सय २० बलमा १० चौका प्रहार गरेका थिए ।

कप्तान इयोन मोर्गन पनि ८८ रन बनाउँदै अन्तिम समयसम्म क्रजमा रहे । भारतका शार्दुलले एक विकेट लिए । दोस्रो वान डेमा पनि शतक बनाएका जो रुट प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ घोषित भए ।

यसअघि सम्पन्न पहिलो वान डे म्याच भारतले आठ विकेटले जितेको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डले ८६ रनको जित दर्ता गरेको थियो ।

भारतले लगातार दशौं द्धिपिक्षिय सिरिज जित्ने अवसर गुमाएको छ । भारतले सन २०१६ मा अस्ट्रेलियासँग चार— एकले हारेयता लगातार ९ खेलमा जीत हात पार्दै रेकर्ड बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?