शक्ति गौचनले लिए ‘सन्यास’, यस्तो छ उनले बनाएको रेकर्ड

काठमाडौं । राष्ट्रिय टिममा क्रिकेट खेलाडी शक्ति गौचनले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

लगत्तै इंग्ल्याण्डमा हुने वान डे म्याचपछि क्रिकेटबाट सन्यास लिने उनले बताएका हुन् । ‘क्रिकेटबाट सन्यास लिने यो मेरा लागि सही समय हो, सन्दीप लामिछानेजस्ता खेलाडी आइसकेका छन्, उनीहरूलाई मोका दिनुपर्छ ।’, उनले भने ।

इंग्ल्याण्डमा वान डे खेलपछि औपचारिक घोषणा दिनेछन् ।

यस्तो छ शक्तिले बनाएको रेकर्ड :

सन् २००२ मा एसीसी ट्रफि अन्तर्गत ओमान विरुद्धको खेलबाट शक्तिले डेब्यु गरेका थिए ।  साथै, उनले लिस्ट ए मा एक हजार रन पुरा पनि गरेका छन् । 

शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी हुन् । उनले सन् २००५ मा इटालीविरुद्धको खेलमा १सय ६ रन बनाएका थिए । 
शक्तिले बसन्त रेग्मी र महबुब आलमपछि सर्वाधिक विकेट लिने तेस्रो खेलाडीको रेकर्ड पनि बनाएका छन् । 

राष्ट्रिय टिमबाट खेलेको पहिलो प्रतियोगितामा नै ७ विकेट र २ सय ४८ रन बनाएका उनले दुई हाफ सेन्चुरी सन् २००२ को एसीसी ट्रफिमा मा बनाएका थिए । 
शक्तिले सन् २०१० को एशियन गेम्स र २०११ को एसीसी टी–२० कपमा टिमबाट ड्रप, जसलाई उनी ब्ल्याक डे मान्छन् । 

सन् २०१२ को टी–२० विश्वकप छनोटमा कमब्याक गरेका उनले प्रतियोगितामा १६ विकेट लिन सफल भएका थिए ।  उक्त प्रतियोगितामा धेरै विकेट लिने उनी दोस्रो खेलाडी पनि हुन् । 

सन् २०१२ को विश्वकप छनोटपछि शक्तिलाई आइपिएल टिम राजस्थान रोयल्समा ट्रायलका लागि निम्तो आएका थियो तर उनले ट्रायलमा पास हुन सकेका थिएन् । 

सन् २०१२ विश्व क्रिकेट लिग डिभिजन ‘फो’ मा मलेसियाविरुद्ध सर्वाधिक कम इकोनोमीका साथ बलिङ गर्ने पहिलो नेपाली र विश्वमा दोस्रो खेलाडी हुन् । प्रतियोगितामा उनले कुल १० विकेट लिएका थिए ।  सन् २०१२ को एसीसी ट्रफि इलिटमा पनि शक्तिले १५ विकेट लिएका थिए । 

उनले सन् २०१४ मा बंगलादेमा भएको टी–२० विश्वकपमा कुल ५ विकेट र हङकङविरुद्ध ३ विकेट लिएका थिए । 

सन् २०१४ को एशियन गेम्समा उनले ५ विकेट मात्र ३ दशमलव ५४ को इकोनोमीमा लिन सफल भएका थिए ।  यता सन् २०१४ को विश्वकप क्रिकेट लिग डिभिजन ‘थ्री’मा १० विकेट पनि लिएका थिए । त्यस्तै, सन् २०१५ मा भएको डिभिजन ’टु’ मा ७ विकेट लिन सफल भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?