सन्दिप लामिछानेजस्ता युवा खेलाडीलाई मौका दिनुपर्छ : शक्ति गौचन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान बलर शक्ति गौचनले अन्तराष्ट्रिय खेल जिबनबाट सन्यास लिएका छन् । 

शक्तिले नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसिय श्रृङखला नै अन्तर्राष्ट्रिय खेल जिवनको अन्तिम हुने बुधबार एक कार्यक्रमकाबिच जानकारी दिएका  हुन् । 

‘कुनै पनि खेलाडीका लागि सन्यास लिने बेला निक्कै दुखदायी हुनेछ, मैले अन्तर्राष्ट्रिय खेल करियरबाट सन्यास लिएको हु, तर शक्तिले अब कुनै खेल नखेल्ने भन्ने चाही हैन् । म घरेलु मैदानमा आयोजना हुने सबै खेलमा भने सहभागी हुनेछु । अबको एक दुई वर्षपछि भने पुरै खेल जिबनबाट सन्यास लिने विचारमा छु।’ उनले भने । 

साथै, उनले राष्ट्रिय टिमबाट सन्यास लिए पछि १८ वर्षसम्म क्रिकेटमा सिकेको अनुभव र क्षमता नेपाली क्रिकेट क्षेत्रमा लगानी गर्ने बताए । 

‘मैले त्यो राइट टाइम चुज गर्छु, जव मेरो स्थानमा नयाँ खेलाडी आउनेछ । अहिले पाँच महिना यता युवा खेलाडीहरुले निक्कै राम्रो खेल खेल्दै आइरहेको छ, जस्तो कि सन्दिप लामिछाने, उसको खेलबाट म निक्कै प्रभाबित छु । साथै, नेपालले जव वान डे को मान्यता पायो, अब चाहि नेपाली क्रिकेटमा केही गर्न सकिन्छ भन्ने लाग्छ।’ उनले थपे । 

शक्तिलाई नेपाली क्रिकेट टोलीको शसक्त खेलाडीका रुपमा लिदै आइरहेको छ ।

‘कुनै पनि खेलाडीका लागि सन्यास लिने बेला निक्कै दुखदायी हुनेछ, मैले अन्तर्राष्ट्रिय खेल करियरबाट सन्यास लिएको हो तर शक्तिले अब कुनै खेल नखेल्ने भन्ने चाही हैन ।’

सन् २००२ देखि क्रिकेट खेल्न शुरु गरेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो ह्याट्रिक गर्ने नेपाली खेलाडी हुन् । त्यस्तै, उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सतक पनि प्रहार गरेका छन् ।  सन् २००५ मा सम्पन्न विश्वकप छनोटमा उनले १ सय ३ बलमा १ सय ६ रन जोडेका थिए । 

गौचनले सन् २००१ मा बंगलादेशविरुद्धको एशिया कपमा यू–१७ बाट क्रिकेट खेल्न शुरु गरेका थिए । 

उनले सन् २००२ मा न्युजिल्याण्डमा सम्पन्न यू—१९ विश्वकप पनि खेलेका थिए । शक्तिले सिंगापुरमा भएको एसीसी ट्रफि खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

नेपालले डिभिजन ‘फाइब’ देखि टी–२० विश्वकप र एकदिवसिय मान्यता पाउदासम्मका शक्तिले राष्ट्रिय टिमका लागि निक्कै महत्वपूर्ण योगदान दिएका छन् ।

सन्यासको घोषणा गर्दा केहि भावुक भएका शक्तिले आफ्नो अन्तिम खेल घरेलु मैदानमा खेल्न पाउने भने भएका छन । नेपालमा आयोजना हुने टी–२० प्रतियोगिता उनको करियरको अन्तिम खेल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?