नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यातायात अवरुद्ध

मुग्लिन : इच्छाकामना गाउँपालिका-६ स्थित टोपखोलामा गएको पहिरोले मुग्लिङ-नारायणगढ सडकखण्ड अबरूद्द बनेको छ । 

बिहिबार बिहान ५:३० मा सो स्थानमा पहिरो झरेको र पन्छाउन कम्तिमा ६ घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

नारायणगढ-मुग्लिङ सडक परियोजनाका अनुसार दिउँसो १ बजेभन्दा अघि पहिरो पन्छाउन सक्ने सम्भावना छैन । 

सवारीसाधन र यात्रुहरूलार्इ बैकल्पिक मार्ग प्रयोग गर्न अायोजनाले सुझाव दिएको छ । 

एसियालीस्तरको मापदण्डमा सडक विस्तार गरेको सरकारी दाबी भएपनि यो सडकमा पहिरो र सडक नै भास्सिने समस्या देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?