पौडीरहेको चिनियाँ अस्पतालले जित्दै दिल र दिमाग

एजेन्सी : शान्ति सन्दूक नाम दिइएको पौडीरहने चिनियाँ अस्पतालले प्रशान्त क्षेत्रका जनता र सरकारको दिल र दिमाग जितिरहेको छ ।

चीनले पानी जहाजमा अस्पतालका सबै सेवा उपलब्ध हुनेगरी एक पौडीरहने अस्पताल बनाएको छ ।

यो पोर्ट मोर्सीबी हार्बरबाट  दक्षिण र केन्द्रीय अमेरिका जान अघि भानुआतु, फिजी र टोंगा पुग्ने तयारी गरिररहेको छ ।

यसअघि यो अस्पतालका चिकित्सकहरूले  पुपुआ न्यूगिनीको राजधानीमा एक साता रहेर त्यहाँका ४ हजार भन्दा बढी मानिसको उपचार गरे ।

चीनले यसलाई मानवतावादी अभियान भनेको छ ।

यसअन्तर्गत आफ्ना मित्र र सहयोगी देशका जनतालाई स्वास्थ्य उपचार गरी सघाईरहेको चीनले जनाएको छ ।

तर विश्लेषकहरूले प्रशान्त क्षेत्रमा बढदो प्रतिस्पर्धामा चीनले मुटु र मगज चोरिरहेको बताए ।

अमेरिकाले गरे सञ्चालन गरेजस्तै चीनले आफ्नो नरम कुटनीति अन्तर्गत प्रशान्त र विश्वभर शान्ति सन्दुकको अभियान सञ्चालन गर्न खोजिरहेको स्वतन्त्र सुरक्षा विश्लेषक अलेजान्द्रो सान्चेजले बताए ।

उनले भने “चीनले यसबाट आफू विश्वको शक्तिशाली देश मात्रै नभएर विश्वमैत्री शक्ति पनि रहेको दर्शाउन खोजेको छ ।”

यो अस्पतालमा पपुआ न्युगिनीका प्रधानमन्त्री पीटर ओ नीलले भ्रमण गरेका छन् ।

प्रधानमन्त्री नील र सान्चेजले यो परियोजनाबाट चीनले आफ्ना सहयोगी देशहरूसँगको समबन्धलाई बलियो बनाउन खोजको जनाए ।

तर चीनको नरम कुटनीतिको कठोर किनारा ताइवान हो ।

शान्ति सन्दुकले ताइवानलाई कुटनीतिक मान्यता दिएर समर्थन गर्ने देशहरूलाई बेवास्ता गरेको देखियो ।

यस्ता देशहरूमा तुभालु, पालाउ, मार्शल आइल्यान्ड। सोलोमन आइल्यान्ड, नाउरु र किरिबाटी रहेका छन् ।

प्रशान्त यात्रा पछि शान्ति सन्दुकले डोमिनिकन रिपब्लिक पनि जाने छ ।

शान्ति सन्दुकमा १सय चिकित्साकर्मीको टोली छ ।

३सय बिरामी शैय्या छन् । ८ सेवा सञ्चालन कोठा छन् । यहाँ चीनका परम्परागत चिकित्सा सेवा समेत उपलब्ध गराउँछ ।

आम मानिसहरूलाई चिकित्सा सेवा पु-याउँदै शान्ति सन्दुकका विज्ञहरूले स्थानीय अस्पतालका चिकित्सक र कर्मचारीहरूसँग ज्ञान आदान प्रदानको काम पनि गर्छन् ।

सान्चेजले भने “ शान्ति सन्दुक अभियानले काम गरिरहेको छ ।यो सेवाबाट तल्लो तहका मानिसले उपचार पाइरहेका छन् र उनीहरू उपचारबाट खुशी पनि छन् ।”

सरकारी स्तरमा यो चीनले आफ्ना सहयोगीसँग सम्बन्ध सुदृढ गर्न गरिएको कार्य भएको जनाएको छ ।

चीनको यो मानवतावादी सहयोगको आलोचना गर्ने पनि छन् ।

चीनले प्रशान्त क्षेत्रमा यो कार्यबाट हस्तक्षेप गरिरहेको आरोप पनि छ ।यो आरोपलाई चीनले अस्विकार गर्छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुआ चुनींगले यो कार्यबाट क्षेत्रीय शान्ति र स्थायित्वको प्रवद्र्धन गर्न खोजको बताइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?