एजेन्सी : युरोपेली युनियनका नियामकहरूले गुगललाई विश्वास विरोधी जरिवाना ५ अर्ब अमेरिकी डलर तोकेका छन् ।
गुगलको एन्ड्रोइड मोबाइल अपरेटिंग सिस्टमले प्रतिस्पर्धीहरूलाई निचोरेको भन्दै नियामकहरूले विश्वास विरोधी जरिवाना तोकेका हुन् ।
यो जरिवाना अहिलेसम्मको धेरै भएको छ । यसअघि अमेरिकी टेक कम्पनीलाई २.४ अर्ब युरोको जरिवाना गरिएको थियो ।
यो जरिवानाले ब्रसेल्स र वासिंटनबीचको व्यापार युद्धलाई चर्काउने देखिएको छ ।
गुगलले यस विरोध पुनरावेदन गर्ने जनाएको छ ।
गुगलले भन्यो “एन्ड्रोइडले हरेकलाई छनौटको अवसर उपलब्ध गराएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया