काठमाडौं । तेलुगु फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले नागा चैतन्यसँगको सम्बन्धविच्छेदपछि निकै चर्चा पाइन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेत्रीले हालै आस्क मी एनिथिङ सेसन चलाएकी थिइन् । यस क्रममा फ्यानले उनलाई धेरै प्रश्न सोधे ।
धेरै फ्यानहरूले उनको शरीरमा बनाइएको ट्याटुको बारेमा पनि प्रश्न गरेका थिए । यसको जवाफ दिँदै उनले ट्याटुको बारेमा पनि कुरा गरेकी थिइन् । ट्याटुका कारण सामन्था रिसाएकी छिन् र उनले कहिल्यै ट्याटु नखोप्ने बताएकी छिन् ।
हरेक वर्ष लाखौं मानिसहरू आफ्नो शरीरको विभिन्न ठाउँहरूमा खुसीसाथ ट्याटु बनाउँछन्। कसैले आफ्नो पार्टनरको नाम वा आफूसँग सम्बन्धित कुनै पनि कुराको शरीरमा ट्याटु बनाउँछन्। ट्याटु बनाएपछि धेरैलाई पछुताउने पनि हुन्छ । सामन्थासँग पनि त्यस्तै भयो ।
सामन्थाको शरीरमा तीनवटा ट्याटु छन्। उनले आफ्नो करङमा ट्याटु खोपेकी थिइन् जसमा ‘Chay’ लेखिएको छ । या नागा चैतन्यको उपनाम हो। योसँगै उनको पछाडिको भागमा कुँदिएको दोस्रो ट्याटु पनि छ जसमा ‘YMC’लेखिएको छ, अर्थात् ‘ये माया चेसावे’। यो उनको पहिलो फिल्मको नाम हो । यस फिल्ममा नागा चैतन्यले पनि मुख्य भूमिका निर्वाह गरेका थिए ।
सामन्था रुथ प्रभुले नाडीमा तेस्रो ट्याटु खोपेकी छन् । यसमा तीरको निशान छ। नागा चैतन्यले पनि आफ्नो नाडीमा यस्तै ट्याटु खोपेका छन् । विवाहको चार वर्षपछि सामन्थाले गत वर्ष नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेकी थिइन् । अहिले उनी यो ट्याटुलाई लिएर निकै पछुतो महसुस गरिरहेकी छिन् । फ्यानको प्रश्नको जवाफमा भिडियो सेयर गर्दै उनले भनिन् – ‘अब कहिल्यै ट्याटु बनाउन्नँ ।’
हालै सामन्था साउथको ब्लकबस्टर फिल्म पुष्पमा देखिएकी थिइन् । उनले यो फिल्ममा विशेष आइटम गीत ‘उन अन्तावा’ गरेकी हुन् । यो गीतलाई पनि दर्शकहरुले निकै रुचाएका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना बोल्ड र हट तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् । सामन्था गत वर्ष वेब सिरिज द फ्यामिली म्यान २ मा पनि देखिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया