काठमाडाैं : लुम्बिनी विकास बैंकको १ लाख ४७ हजार ५ सय ८४ कित्ता संस्थापक शेयर बिक्री हुने भएको छ ।
संस्थापक शेयरमाथि बैंककै अन्य संस्थापक शेयरधनीले अावेदन दिन पाउने व्यवस्था छ।
बैंकका संस्थापकले नकिने मात्र सर्वसाधारण लगानीकर्ताले लुम्बिनीको संस्थापक शेयर किन्न पाउनेछन् ।
शेयर खरिद गर्न चाहनेले साउन २ गतेदेखि ३५ दिनभित्र अावेदन दिन सक्ने बैंकले जनाएको छ।
बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडाैंमा अाफुले किन्न चाहेको शेयर कित्ता खुलाएर अावेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया