मुक्तिनाथको ‘क्रमिक बचत खाता’ योजना, यस्तो छ सुविधा

लोकपथ
56
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषताहरुलाई समेटिएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्ष देखी १० वर्ष अवधी सम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने ब्।राबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको  ATM Machine  बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?