एजेन्सी : मान्छे उडाउने पोशाक ‘आइरन म्यान’ अब किन्न पाइने भएको छ । यो जेट सुटको निर्माण बेलायतको एक खुद्रा व्यापारीले गरेको छ ।
लन्डनको डिपार्टमेन्टल स्टोरमा यसको एक सुटको मूल्य ३ लाख ४० हजार पाउन्डस्टर्लिंग पर्ने गरी बिक्रीमा छ ।
रिचार्ड ब्राउनिंगले सिलिकन भ्यालीका उद्यमीहरूको लगानी ल्याएर यो पोशाकको निर्माण गरे र अब उनले यसलाई बिक्रीका लागि खुला गरेका छन् ।
ब्राउनिंगले यो पोशाक लगाएर उडेर देखाए । आँखाबाट पानी चुहाउने मूल्य भएको यो पोशाकको अडर दिने ९ जना उपभोक्ता भइसकेका छन् ।
जेट सुट पहिलो हवाइजहाज जस्तै भएको प्रदर्शनीमा देखियो ।
यो पोशाकमा इलेक्ट्रोनिक डिभाइस र ३डी जस्ता उपकरण जडान गरिएको छ ।
जेट इन्धन वा डिजेलबाट चल्ने यो पोशाक प्रतिघन्टा ३२ किलोमिटर टाढा र १२ हजार फिट माथिसम्म उडन सक्छ ।
तर ब्राउनिंगले केही मिटरमाथि मात्र उडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया