एजेन्सी: बियर र वाइनबारे नकारात्मक धारणा परिवारमा पालिरहेका बेला सातामा थौरै बियर वा वाइन पिउँदा पुरूषहरूको परिवार विस्तार गर्ने क्षमतामा बृद्धि गराएको पाइएको छ ।
इटालियन अनुसन्धानकर्ताहरूले ३२३ जना पुरूषहरूसँग उनीहरूको मदिरा उपभोगको आधारमा अध्ययन गरेका थिए । हल्का पिउने पुरूषहरूको शुक्राणुको संख्या राम्रो रहेको उनीहरूले पाएका थिए ।
सातामा एक बोतल वाइन र सात बोतल बियर पिउने गरेकाहरूको शुक्राणुको संख्या राम्रो रहेको जनाइएको छ ।
मिलानका फोन्दाजिओने पोलिाक्लिनिकोले अंगुरको वाइनबाट एन्टिअक्सिडेनट र बियरबाट जनाथउहुमोल प्राप्त भइ उनीहरूको शुक्राणुको संख्या बढेको अध्ययनमा देखिएको जनाए ।
यी दुई वस्तुहरूले कोषहरूको संरक्षण गरी ध्वस्त हुन जोगाउने गरेको उनले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया