टुर डि फ्रान्स : थोसम भए ११ औं चरणको विजेता

फ्रान्स। ब्रिटेनका गे्रराइन्ट थोमसले जारी टुर डि फ्रान्स साइक्लिङको ११ औं चरणको खेल पहिलो स्थानमा पुरा गरेका छन् । 

बुधबार भएको एल्बर्टभिल्लेदेखि सान बेर्नान्डोसम्मको १ सय ८ दशमलब ५ किलोमिटरको दुरी स्काई टिमका थोमसले ३ घण्टा २९ मिनेट ३६ सेकेन्डमा पुरा गर्दै पहिलो स्थान हात पारे ।

त्यस्तै, थोमस भन्दा २० सेकेन्ड पछाडी रेस पुरा गरेका नेदरल्याण्डस्का टोम डुमौलिनले दोस्रो स्थान प्राप्त गरे । त्यस्तै, स्काई टिमकै क्रिस फोम तेस्रो भए । 

११ औं चरणको रेशमा पहिलो भएका थोमसले प्रतियोगितामा दिनदिनै राम्रो नतिजा ल्याउन सफल भएको बताए ।

‘मैले सोचेभन्दा पनि राम्रो खेल प्रर्दशन गरिरहेको छु । म आफै अचम्ममा छु किनभने प्रतियोगितामा एकसा एक उत्कृष्ट खेलाडीहरु छन् । तर, मैले खेलमा निक्कै राम्रो नतिजा ल्याउन सफल भएको छु ।’ उनले भने 

समग्रमा ४४ घण्टा ६ मिनेट ११ सेकेन्डमा रेश पुरा गरेका थोमस शिर्ष स्थानमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?