काठमाडौं । इंग्ल्याण्डको लर्ड्समा हुने टि—२० सिरिज र नेदरल्याण्ड्समा हुने एकदिवसीय सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाली राष्ट्रिय खेलाडी सहितको टोली बिहीबारै लन्डन पुग्ने बताइएको छ ।
प्रस्थान गर्ने खेलाडीहरुमा कप्तान पारस खड्कासहित, अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।
त्यस्तै, प्रशिक्षकमा जगत टमाटा, म्यानेजरमा रमन शिवाकोटी, फिजियोमा दिनेश भट्ट र ट्रेनरमा सुवास पात्रो रहेका छन् ।
नेपालले आगामी साउन १३ गते नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने कार्यक्रम रहेको छ।
त्यसलगतै नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ गते नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ। त्यसअघि नेपालले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नेछ।
यस्तो छ नेपालको खेल तालिका
अभ्यास खेल
पहिलो अभ्यास खेल – साउन ५ गते – नेपाल भर्सेस होग (५० ओभर)
दोस्रो अभ्यास खेल– साउन ७ गते – नेपाल भर्सेस सेन्ट क्रस (टी–२०)
तेस्रो अभ्यास खेल – साउन ९ गते– नेपाल भर्सेस इस्ट लन्डन ११ (५० ओभर)
चौथो अभ्यास खेल – साउन १० गते – नेपाल भर्सेस इस्ट लन्डन सार्कस् (टी–२०)
त्रिकोणात्मक सिरिज
नेपाल, एमसिसी र नेदरल्यान्ड्स – साउन १३ गते – लर्ड्स मैदान, लन्डन
एकदिवसीय सिरिज
पहिलो एकदिवसीय – साउन १६ गते – नेपाल भर्सेस नेदरल्यान्ड्स
दोस्रो एकदिवसीय – साउन १८ गते– नेपाल भर्सेस नेदरल्यान्ड्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया