काठमाडौं । पृथ्वीमा हिरा हामीले पहिले सोचेभन्दा निक्कै बढी रहेको देखिएको छ । विश्वको चर्चित विश्वविद्यालय एमआईटीका अनुसार यो पहिले सोचिएको भन्दा हजार गुणा बढी रहको छ ।
अन्तरविषयक समूहको नयाँ अध्ययनमा अनुसन्धानदाताहरुले सिस्मिक प्रविधि (भूकम्प नाप्दा प्रयोग गरिने प्रविधि) प्रयोग गरेर पृथ्वीको सतहमुनि खर्बौं टन हिरा भएको पत्ता लगाएका हुन् ।
धेरै अर्थात निक्कै धेरै । १०,००० खर्ब टन ।
तर, यो नयाँ आविष्कारले हिराको उत्खनन्मा भने तत्काल वृद्धी गराइहाल्दैन । किनकी हिराको भण्डार पृथ्वीको सतहको ९० मिल देखि १५० मिल मुनि रहेको छ । आजको उत्खनन् संयन्त्रले त्यति तल सम्म कुनै हिसाबले पनि भ्याउदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया