विवाद सुल्ट्याउने मुडमा खेलकुद मन्त्री, भन्छन् आठ वटा नयाँ क्रिकेट स्टेडियम बनाउँछु

काठमाडौं। युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले आठ वटा सहरमा नयाँ क्रिकेट स्टेडियम बनाउने बताएका छन् । 

नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी साउन १३ गते इंग्ल्यान्डको लर्ड्समा हुने नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज र एकदिवसीय खेल्न जादैँ गर्दा खेलकुद मन्त्री विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो ।

उनले चालु आर्थिक वर्षको बजेटमा आठ वटा सहरमा नै स्टेडियम निर्माण गर्ने बताए । 

'अब बन्ने पाँच सदस्यीय निवार्चन सहजीकरण ‘इनडिपेण्डेन्ट कमिटी’ले छुट्टै औपचारिकता पुरा गरेर काम आरम्भ गर्नेछ । साथै, नेपाल क्रिकेट संघभित्र देखिएको समस्याको विधिवत रुपमा समाधान हुँदै नयाँ ‘क्यान’ दायित्व लिएर अघि बढ्नेछ।’

खेलकुद मन्त्री विश्वकर्माले नेपालले एकदिवसीय मान्यता पाउनु ऐतिहासिक र गौरबको कुरा भएको पनि बताए । ‘खेल मैदानको भौतिक पूर्वाधारलाई जति सक्दो चाँडो पूनर्निर्माण गर्नेमा जोड दिनेछु, साथै खेलाडीहरुलाई आवश्यक प्रशिक्षण गर्ने र खेल्ने वातावरण तत्काल मिलाउने तयारी गर्दैछु ।’ उनले भने । 

खेलाडीहरुलाई आर्थिक रुपमा पनि सक्षम बनाउने उनको भनाई रहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई मासिक रुपमा दिदैँ आइरहेको पाँच हजार भत्तालाई निरन्तरता दिने पनि जानकारी दिए । त्यस्तै, ओलम्पियन खेलाडीहरुलाई मासिक तीन हजार रुपैयाँ भत्ता दिने बताए ।

अपेक्षित वातावरण नहँदा पनि खेलाडीहरुले खेलप्रतिको लगाबलाई निरन्तरता दिदैँ ल्याएको सफलता र योगदान प्रशंसनिय रहेको बताए । 

पदक विजेता खेलाडीहरुको लागि स्वस्थ्य विमा र जिवन विमा गर्नेमा पनि जोड दिने खेलकुद मन्त्रीले धारणा राखे । 

साथै, नेपाल क्रिकेट संघ ‘क्यान’को विवाद र निर्माणधिन मुलपानी क्रिकेट मैदानको समस्यालाई चाडैँ नै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । एक महिनाभित्र मुलपानी क्रिकेट मैदानको समस्यालाई हल गर्ने पनि खेलकुदमन्त्रीले बताए । 

वि.स. २०७२ मसिंरमा अशोकनाथ प्याकुरेल पक्षले एकलौटी ढंगले ‘क्यान’को निर्वाचन गरेको भन्दै नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले माघमा तदर्थ समिति गठन गरेपछि २०७३ वैशाखमा क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै अन्तराष्ट्रि क्रिकेट परिषद ‘आईसीसी’ले क्यानलाई निलम्बन गरेको थियो ।

उनले क्यानभित्र देखिएका विविध समस्यासँग जुध्दै सफलतापूर्वक विषेश साधारणसभा सम्पन्न गरिसकेको बताए ।

खेलकुद मन्त्री विश्वकर्माले अब बन्ने पाँच सदस्यीय निवार्चन सहजीकरण ‘इनडिपेण्डेन्ट कमिटी’ले छुट्टै औपचारिकता पुरा गरेर काम आरम्भ गर्ने जानकारी दिए । साथै, नेपाल क्रिकेट संघभित्र देखिएको समस्याको विधिवत रुपमा समाधान हुँदै नयाँ ‘क्यान’ दायित्व लिएर अघि बढ्ने पनि जानकारी दिएका छन् । 

वि.स. २०७२ मसिंरमा अशोकनाथ प्याकुरेल पक्षले एकलौटी ढंगले ‘क्यान’को निर्वाचन गरेको भन्दै नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले माघमा तदर्थ समिति गठन गरेपछि २०७३ वैशाखमा क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले क्यानलाई निलम्बन गरेको थियो ।

 आईसीसीले क्यानलाई निलम्बन गरेको करिब २१ महिनापछि क्रिकेटका सरोकारवाला निकायहरु क्यान विवाद समाधानका लागि एकमत देखिएका थिए । 

त्यसयता आईसीसी प्रतिनिधिसँग पटक—पटक छलफल भए पनि निर्वाचित क्यानले आफ्नो अडान नछाडेपछि ‘क्यान’ निलम्बन लम्बिदै गएको थियो । आईसीसी प्रतिनिधिले हरेक छलफलमा विवाद मिलाउन सबै पक्षलाई आग्रह गर्दै सल्लाहकार कमिटी पनि बनाएको थियो ।

अन्ततः निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल पक्षलाई आईसीसीले निलम्बन फुकुवा हुन सक्ने बताएपछि नेपाली क्रिकेटको विवाद समाधानतर्फ उन्मुख भएको थियो । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?