फेक समाचार र भड्काउने पोस्ट हटाउँदै फेसबूक, नीतिमा फेरबदल

अमेरिका । नेपाल सहितभरबाट सामाजिक सञ्जाल फेसबूकका माध्यमबाट अफवाह फैलाउने हिंसा रोक्नका लागि फेसबूकले काम थालेको छ । अमेरिकी एक वेबसाइटले जनाएअनुसार फेसबुकका प्रवक्ताले अपराध र हिंसा भड्काउने सबै पोस्ट हटाउने बताएका छन् ।

‘अहिले भड्काउ पोस्टमा रोक लगाइएको छ, हामीले आफ्नो नीतिमा बदला आउने गरी काम गरिरहेका छौं, ताकि, गलत समाचार फेसबूक प्रयोगकर्तासम्म नपुगोस् । अब छिट्टै नै लागू हुनेछ ।’, प्रवक्ताले भने ।

साथै समाचार पहिचानका लागि स्थानीय संगठनको पनि सहयोग लिइने फेसबूकले बताएको छ ।

नेपाल लगायत संसारका कैयन् देश सामाजिक सञ्जालमा फैलिने गलत समाचारको शिकार भइरहेका छन् । केही दिनदेखि मिस्टर बिन भनेर चिनिने हलिउड कलाकारको पनि मृत्युको खबर फैलिएको थियो । फेसबूकले हिंसा भड्काउन मद्दत गरेको कतिपयले बताएका छन् ।

फेसबूकका अनुसार यदि कुनै संगठनसँग काम गर्दा सहज मिलेन भने फेसबूकले तत्कालै अर्को संगठन फेर्नेछ । यसले नेपालजस्ता विकासोन्मुख देशमा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?