एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हालै हेलसिंकीमा भएको भेटवार्ता विवादित भएपनि ट्रम्पले पुटिनलाई अमेरिकाको भ्रमणमा आउन निम्तो गरेका छन् ।
ट्रम्पका प्रेस सचिव सारा स्यान्डर्सले ट्रम्पले पुटिनलाई यो शरद ऋतुको मौसममा अमेरिका आउने निम्तो दिएको र यसबारे थप छलफल जारी रहेको जनाइएकी हुन् ।
उनले यो जानकारी ट्विटेर दिएकी छिन् । अमेरिकी नागरिकसँग प्रश्न गर्न रूसलाई अनुमति दिन पुटिनले गरेको प्रस्तावलाई यसअघि ट्रम्पले अस्वीकार गरेका थिए ।
गत सोमबार फिनल्यान्डको राजधानी हेलसिंकीमा ट्रम्प र पुटिनबीच शिखर वार्ता भयो तर यो वार्ताको विवरणबारे थोरै जानकारी दिइएको थियो ।
ट्रम्पले पुटिनलाई निम्तो गरी बोलाए पनि रूसको तर्फबाट यसबारे कुनै जानकारी दिइएका छैन् ।
हेलसिंकी शिखर वार्ताका कारण ट्रम्पलाई अमेरिकामा उनकै पार्टीहरूबाट धेरै आलोचना खप्नु प-यो । पछि ट्रम्पले प्रेस सम्मेलन बोलेका भनाइलाई फिर्ता समेत लिए ।
यति हुँदाहुँदै बिहीबार ट्रम्पले हेलसिंकी भेटलाई एक ठूलो सफलता भनेर टिप्पणी गरेका छन् । साथै उनले पुटिनसँगको अर्को बैठकका लागि उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया