एजेन्सी : अस्ट्रेलियाली अर्बपति जेम्स प्याकरले हालैका साताहरूमा २२ कम्पनीको नेतृत्वदायी भूमिका त्याग गरेका छन् ।
मानसिकरूपमा समस्या भएको थाहा पाएपछि उनले यस्तो निर्णय गरेका हुन् ।
जिम्मेवारी छाड्ने निर्णय मार्च महिनामा देखिएको थियो ।
उनले आफ्नो धेरै शेयर भएको कम्पनी क्राउन रिसोर्टको बोर्डबाट राजीनामा दिएका थिए ।
४.१ अर्ब सम्पत्तिका मालिक ५० वर्षीय प्याकर अस्ट्रेलियाका उच्च व्यापारी समूहमा पर्छन् ।
सन् २०१७मा गायक मारिह केरीसँग सम्बन्ध तोडेका थिए ।
सन् २०१६मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको काण्डमा मुछिएपछि उनको व्यावसायिक गतिविधिमा उथलपुथल आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया