विश्वकपमा हराएको ट्रफी कसले लग्यो ? यसकारण घटना रहस्यमय

काठमाडौं । फ्रान्स २० वर्ष पछि २१औँ संस्करणमा दोस्रो पटक फिफा विश्व च्याम्पियन बन्दा थोरै मात्र समर्थक खुशी भए होलान् । कारण, थियो, नयाँ टोली क्रोएसिया ।

इतिहास साक्षी छ, बलियो प्रतिद्वन्दीलाई कम र निरिह टोलीलाई बढी समर्थन गर्ने । उपाधिका लागि फाइनलमा भिड्दै गर्दा फ्रान्सलाई भन्दा क्रोएसियाको समर्थन गर्ने नेपाली फ्यानहरुको जमात ठूलै थियो ।

नेपाल लगायत अरु देशका समर्थकहरुको इच्छा थियो, ‘क्रोएसिया इज दि न्यु विनर’

तर, त्यो सम्भव भएन् । बलियो टोली फ्रान्ससँग ४—२ गोलले पराजित हुँदै क्रोएसिया अन्ततः उपविजेतामा सिमित भयो ।

लगभग ४२ लाख मात्र जनसंख्या रहेको यति सानो देशले विश्वमा नै तहल्का पिट्दा बलियो भनिएका केही राष्ट्रहरु भने हड्बडाएका थिए । क्रोएसियाले विश्वकपका दौरान उपाधि दाबेदार मानिएका टिमहरुलाई पाखा लगाउँदै फाइनलसम्म पुगेको थियो ।  

खेलमा हार जित हुनु कुनै नौलो विषय होइन, तर क्रोएसिया फाइनलमा पराजित हुँदा भने धेरै समर्थक दुःखी भएका थिए । 

विश्वकपको उपाधि क्रोएशियाले जित्न नसकेपनि सबै समर्थकको मन मष्तिकमा भने बस्न सफल भएको छ । क्रोएसिया विश्वकपमा नयाँ टोली भएपनि उत्कृष्ट खेलाडीहरुले भरिपूर्ण टिम भनेर प्रमाणित गरिसकेको छ ।

लगभग ४२ लाख मात्र जनसंख्या रहेको यति सानो देशले विश्वमा नै तहल्का पिट्दा बलियो भनिएका केही राष्ट्रहरु भने हड्बडाएका थिए । क्रोएसियाले विश्वकपका दौरान उपाधि दाबेदार मानिएका टिमहरुलाई पाखा लगाउँदै फाइनलसम्म पुगेको थियो ।  

यसैबीच, रसियाले फिफा विश्वकप सफलतापूर्वक सम्पन्न गरिसकेको छ, तर विश्वकपका दौरान कहिले काही यस्तो घट्ना घटिदिन्छ हामीले त्यस्तो होला भनेर कहिले कल्पना पनि गरेका हुँदैनौ। 

सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकपदेखि अहिलेसम्म बनेका केही आश्चर्यजनक तथ्यहरु ;–

१. सन् १९६६ मा विश्वकपको चौँथो भएको रसियाले पहिलो पटक विश्वकपको आयोजना गरेको । 

२. पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले २० पटक विश्वकप खेलिसकेको छ । तर, सन् २०१८ को विश्वकपमा भने ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग २—१ गोलले पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै, जर्मनी र इटालीले भने समान ४—४ पटक विश्वकपको उपाधि उचालिसकेको छ । 

३. सन् १९९४ मा भएको १५ औं संस्करणको फिफा विश्वकपमा क्यामरुनका रोगर मिल्लाले ४२ वर्षको उमेर गोल गर्दै किर्तिमान कायम गरेका थिए । रसियाविरुद्धको खेलमा उनले गोल गर्दै सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको किर्तिमान बनाएका थिए । 

४. सन् १९३० मा भएको पहिलो विश्वकप आयोजक राष्ट्र उरुग्वे नै विश्व च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४—२ गोलले हराएको थियो । 

५. सन् १९६६ मा इंग्ल्याण्डमा आयोजना भएको आठौँ विश्वकपका दौरान विश्वकप ट्रफी हराएको थियो । एक सातासम्म गायव भएको ट्रफी के कारणले हराएको थियो त्यो घट्ना अहिलेसम्म रहस्यमय नै बनेको छ । 

६. सन् १९५४ मा सम्पन्न विश्वकप अहिलेसम्मकै सबैभन्दा धेरै गोल हुने प्रतियोगिता मानिदैँ आइरहेको छ । त्यतिबेला अस्ट्रियाले स्विट्जरल्याण्डलाई ७—५ गोलले हराएको थियो । 

७. २०१८ को विश्वकपमा ३२ टिम सहभागी थियो । तर, सन् २०२२ मा कतारमा हुने विश्वकपमा भने १२ टिम थप्दै सहभागी टिम ४४ बनाउने भएको छ । 

८. अहिलेसम्म विश्वकपको उपाधी ११ पटक युरोपेली राष्ट्रले जितेको छ भने ९ पटक साउथ अमेरिकन राष्ट्रले जितेको छ । 

९. उपाधि विहीन मेक्सिको अहिलेसम्म १४ पटक विश्वकपको लागि छनोट भइसकेको छ ।

१०. सेनेगल विश्वकपमा दोस्रो पटक छनोट हुँदै सन् २००२ को विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?