एनएमबि बैंकले प्रदेश स्तरीय कृषि कर्जा योजना

लोकपथ
70
Shares

काठमाडौं । एनएमबि बैंकले प्रदेश स्तरीय कृषि कर्जा योजना सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२, २०७९ सम्मलागू हुनेछ ।

बैंकले प्रदेश १ को लागि पाथिभारा ब्यवसायिक कृषि कर्जा, मधेष प्रदेसको लागि मधेष व्यवसायिक कृषि कर्जा, बागमती प्रदेशको लागि स्मार्ट कृषिकर्जा, गण्डकी प्रदेशको लागि गण्डकी ब्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशको लागि बुद्धभूमि व्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागी कर्णाली ब्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशको लागि सुदूर पश्चिम ब्यवसायिक कृषि कर्जा योजना ल्याएको हो ।

यस कर्जा योजना अन्र्तगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशाशनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, विमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाईनान्सिङलाई प्राथमिकता दिँदै आइरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो । दिर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गदै आइरहेको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?