काठमाडाैं : अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी भुक्तानी प्रणालीलार्इ व्यवस्थित बनाउन मन्त्रालयमातहका निकाय र पदाधिकारीहरूलार्इ निर्देशन दिएका छन् ।
सरकारले बजेट खर्च गर्न नसकेको र विनियोजन दक्षता कायम गर्न नसकेकोमा चर्को अालोचना खेपिरहेका अर्थमन्त्रीले शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरूलार्इ नै बोलाएर अाफुले दिएको निर्देशन प्रचार समेत गराउन भ्याए ।
चालु अार्थिक बर्षमा प्रदेश र स्थानीय सरकारलार्इ बजेटको अभाव हुन नदिने दाबी खतिवडाले गरेका छन् । कानून संशोधन गरेरै भएपनि यी तहलार्इ जसरी पनि अार्थिक व्यवस्थापन गर्ने खतिवडाको दाबी छ ।
बैदेशिक लगानीलार्इ उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सरकारले पहल गरिरहेको खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया