काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड महाराजगञ्ज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।
शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको अवसरमा महालक्ष्मी विकास बैंक महाराजगञ्ज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।
महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको महाराजगञ्ज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले बताएका छन् ।
महानगर वरपर ट्राफिक व्यावस्थापनमा माहानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनीकरणमा मदत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया