काठमाडौं । संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ यूनाईटेड नेशन्स मिसन इन साउथ सुडानमा कार्य गर्न सशस्त्र प्रहरी बलको एक टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । सो टोलीले बोरमा फम्र्ड पुलिस युनिटको रुपमा कार्य गर्नेछ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सो टोलीलाई शुभकामना सहित हार्दिक विदाई गरे ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा विगतको एपीएफ टोलीले उत्कृष्ट कार्य सम्पादन गरेको स्मरण गर्दै देश र संगठनको नाम उच्च हुने ढंगले उच्च हौसलाका साथ कार्य गर्न निर्देशन दिए ।
पेशागत दायित्वलाई जिम्मेवारी पूर्वक पुरा गरेमा संगठनको छवी उज्वल हुने चर्चा गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले जस्तोसुकै अवस्थामा पनि इमान्दार तथा बफादार भई जिम्मेवारी पूर्वक दायित्व पुरा गरिदा कार्य सफलता मिल्ने कुरा समेत उल्लेख गरे ।
सशस्त्र प्रहरी उपरीक्षक शान्ति कार्कीको कमाण्डमा त्यसतर्फ गएको सो टोलीमा सशस्त्र प्रहरी अधिकृत विल्लादार तथा जवान गरी कुल ४० जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया