विश्वका ९ सर्वाधिक सुन्दर रेलवे स्टेशन

पहिलो

न्युयोर्क अमेरिकाको ग्रान्ड सेन्ट्रल टर्मिनल हो ।

विश्वको कुनै पनि रेलवे स्टेशनले ग्रान्ड सेन्ट्रल जस्तो रेलको रोमान्स उपलब्ध गराउन सक्दैन् ।यो स्टेशनको हरेक कुना र लबी हावा आउने खालको छ ।

४४ प्लेटफर्म भएको यो स्टेशनमा मिलनको उल्लास , बिछोडको उदास, हार्दिकतापूर्वक व्यवसायिक व्यक्तित्वहरूको हस्तमिलानका दृश्यहरू जत्रतत्र हेर्न पाइन्छ ।

पर्यटकहरूको रोजाइका आधारमा यो रेलवे स्टेशन विश्वको ६टौं सर्वाधिक पर्यटकहरूको आकर्षण बनेको छ ।

२ करोड ६० लाख पर्यटकहरूले यहाँ भ्रमण गरिसकेका छन् । यसको डिजाइन हेनरी एडवार्ड बेडफोर्डले गरेका छन् ।

दोस्रो 

बेल्जियमको लिजे गुइलिमिन्स रेलवे स्टेशन हो ।

यो रेलवे स्टेशन २००९मा खुला भयो । यसको डिजाइन विमानस्थलको शैलीमा रहेको छ ।

यो स्टेशन फलाम शीसा र सेतो कंक्रिटबाट बनेको छ ।यो स्टेशनको डिजाइन स्याटियागो कालाट्राभाले गरेका हुन् ।यहाँ ५प्लेटफार्म छन् ।

तेस्रो 

मुम्बई भारतको क्षत्रपति शिवाजी टर्मिनस रेलवे स्टेशन हो ।

भारतमा सबै भन्दा बढी व्यस्त रेलवे स्टेशन हो । लन्चबक्स आपूर्ति गर्ने डब्बाबालाहरूको उपस्थितिले यसलाई अगल किसिमको सुन्दरता थप्छ ।

यो सुन्दर रेलवे स्टेशनको डिजाइन फेड्रिक विलियम स्टिभन्सले गरेका थिए भने यसको निर्माण महारानी भिक्टोरियाको गोल्डन जुबली समारोहको अवसरमा भएको थियो ।

यो भारतको मुगल शैलीमा निर्माण गरिएको छ । युनेस्कोले यसलाई विश्वसम्पदाको सूचीमा समावेश गरेको छ ।

भिक्टोरिया टर्मिनसको रूपमा पनि यो स्टेशनलाई चिनिन्छ ।

यसको नाम क्षत्रपति शिवाजी सन् १९९६मा फेरियोको थियो । स्थानीयरूले अझ पनि भिक्टोरिया रेलवे स्टेशनको रूपमै  बोल्ने गर्छन् ।

चौथो

मापुतो मोजाम्बिकको कामिन्हो डे फेरो डे मोकाम्बिक रेलवे स्टेशन हो ।

मोजाम्बिकको राजधानी मापुतोको यो रेलवे स्टेशन सर्वाधिक असाधारण रेलवे स्टेशनहरू मध्येको एकहो ।

पेरिसको प्रसिद्ध एफिल टावरका डिजाइनर गुस्ताभ एफिलले यो रेलवे स्टेशनको डिजाइन गरेको धेरैलाई नभएको विषय हो ।

पाँचौ 

लन्डन, संयुक्त अधिराज्यको सेन्ट प्यानक्रास इन्टरनेशनल रेलवे स्टेशन हो ।

अगार टाउनको कुख्यात झुग्गीझुपडीमा सेन्ट प्यानक्रास रेलवे स्टेशनको रंगीन इतिहास खडा भएको छ ।

भिक्टोरियन गोथिक रिभाइभल शैलीमा यसको निर्माण गरिएको छ ।

सन् १९६०मा यो काम नलाग्ने अवस्थामा पुग्यो । यसका सेवाहरू किंग क्रस र इयुस्टनमा सारियो ।

तर एक सार्वजनिक अभियानले यससलाई ध्वस्त हुनबाट जोगायो ।सन् २००७मा यसको उद्घाटन महारानी एलिजाबेथ द्वितीयाले गरिन् ।

छैटौं

न्युजिल्यान्डको डुनेडिन स्टेशन हो ।

यो फ्लेमिश रिनइसा शैलीमा बनाइएको छ ।यसको माथिल्लो तल्लामा फेम एन्ड दि ओटागा आर्ट सोसाइटीको न्युजिल्यान्ड स्पार्टस हल रहेको छ ।

सातौं 

एन्टवर्प सेन्ट्रल बेल्जियम रेलवे स्टेशन हो ।

फलाम, शीसा, मार्बल र ग्रेनाइट जस्ता वस्तुको संयोजनमा यो रेलवे स्टेशन बनेको छ । यो टर्मिनलको डिजाइन लुइस डेलासेन्सरिले गरेका हुन् ।

आठौं 

हेलसिंकी सेन्ट्रल फिनल्यान्डको रेलवे स्टेशन हो ।

फिनल्यान्डका आकर््िटेक्ट  इलिएल सारिनेनले यसको डिजाइन गरेका हुन् । यो सन् १९१९मा खुलेको थियो ।

नवौं 

क्वालालम्पुर रेलवे स्टेशन मलेसियाको रेलवे स्टेशन हो ।

पूर्व र पश्चिमका विषयवस्तु मिलाएर यो रेलवे स्टेशनको डिजाइन गरिएको छ ।यहाँबाट देखिने दृश्यहरू भन्दा मलेसियामा अन्यत्रबाट देखिने दृश्यहरू राम्रा छ्रैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?