४० औं दिनमा सकियो ‘परस्त्री’ को छायांकन

लोकपथ
49
Shares

काठमाडौं । चलचित्र ‘परस्त्री’ को छायांकन ४० औं दिनमा टुंगिएको छ ।

शनिबारबाट बालाजुस्थित चलचित्र विकास कम्पनीमा अन्तिम दृश्य छायांकन गर्दै चलचित्रको छायांकन सकिएको हो ।

उक्त चलचित्र सुरज पाण्डेको निर्देशनमा बनेको हो । उनले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् । काठमाडौंबाट छायांकन सुरु भएको चलचित्र मुस्ताङपछि फेरि काठमाडौंमै आएर सम्पन्न भएको हो । ।

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण हुन लागेको चलचित्र डिएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रका लेखक तथा निर्माता दीपेन्द्र के खनाल रहेका छन् भने चलचित्रकी निर्माता शर्मिला पाण्डे हुन् । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?