सिंगापुर साइबर अट्याकमा राज्य सञ्चालकहरू संलग्न भएको आंशका

एजेन्सी:  सिंगापुरमा भएको सबै भन्दा ठूलो साइबार आक्रमणमा राज्य सञ्चालक भएको आंशका सुरक्षा विज्ञहरूले गरेका छन् ।

सरकरी डेटावेसको साइबर सुरक्षालाई भंग गरेर १५ लाख सिंगापुरेको स्वास्थ्य जानकारी चोरेको र यो अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर आक्रमण भएको जनाइएको छ ।

यो चोरीमा प्रधानमन्त्री ली सेइन लुंग लगायतका स्वास्थ्य जानकारी लगेको जनाइएको छ ।

सिंगापुरका स्वास्थ्य मन्त्रीले यो योजनाबद्ध आक्रमण भएको जनाए ।

साइबर सेक्युरिटी कम्पनी फायरआईका एसिया प्रशान्त क्षेत्रका अध्यक्ष एरिक होले एसिया प्यासिफिकले यो साइबर आक्रमण जानकारी चोरिएका व्यक्तिहरूको बारेमा जासुुसी गर्ने उद्देश्यले गरिएको बताए ।

उनले भने “ यो आक्रमण अति उन्नत खालको खतरा छ । यो साइबर चोरीमा उन्नत उपकरणको प्रयोग गरिएको छ ।

यसले चोरी राम्ररी स्रोध साधन भएको र उचित सुविधा सम्पन्न समूहबाट भएको  देखाउँछ ।”

स्वास्थ्य जानकारी लिएर साइबर आक्रमणकारीहरूले व्यक्तिहरूलाई ब्लेकमेल गर्न सक्ने जनाइएको छ ।

यस्तो चोरी गर्ने समूहमा रुसी जासुसी संस्था लामो समयदेखि संलग्न रहेको सम्बद्ध विज्ञहरूले जनाए ।

धनी सिंगापुरले सरकारी कागजातहरूलाई डिजिटलाइज गरिरहेको छ । यो सबै प्राविधिक डेटाहरूलाई एक केन्द्रीकृत प्रणालीबाट नियम  गरिन्छ ।

यसको छानबिन एक पूर्व न्यायाधीशको नेतृत्वमा भइरहेको छ ।

साइबर आक्रमणकारीहरूले जुन २७देखि जुलाई ४ सम्म डेटावेस चोर्ने कार्य गर्दा कम्प्युटर संक्रिमत भएको थियो ।

यो महिनाको शुरूमा अमेरिकी गुप्तचर प्रमुख डान कोट्सले रुस, चीन, इरान र उत्तर कोरिया यो साइबर आक्रमणमा संलग्न रहेको जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?