काठमाडौं । यतिबेला बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा आफ्नो प्रोफेशनल लाइफभन्दा पर्सनल लाइफका कारण चर्चामा छन् । उनको फिल्म ‘शेर शाह’ की अभिनेत्री कियारा आडवाणीसँग ब्रेकअप भएको चर्चा चलेको छ । फिल्म शेरशाहमा कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको जोडीलाई निकै रुचाइएको थियो ।
यो फिल्मपछि दुवैको सम्बन्धको खबर पनि चर्चामा आएका थिए । तर सिद्धार्थ र कियाराले आफ्नो सम्बन्धको बारेमा कहिल्यै आधिकारिक घोषणा गरेका भने छैनन् । तर दुवैलाई धेरै अवसरहरूमासँगै देखिने गर्छ। दुवै जना पापाराजीको क्यामेराबाट बच्न सकेका भने छैनन् ।
ब्रेकअपको खबरमा सिद्धार्थ र कियाराले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । यी अफवाहका बीचमा सिद्धार्थ मल्होत्राले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका छन्, जुन निकै छिटो भाइरल भइरहेको छ । सिद्धार्थले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा उनी डुङ्गामा चश्मा लगाएको देखिएका छन् ।
तस्बिरको क्याप्सनमा उनले लेखेका छन्– ‘घाम बिनाको एक दिन पनि रात हुन्छ तिमीलाई थाहा छ।’ यससँगै उनले ह्यासट्यागसहित सुटिङ, लाइफ र वाटरबेबी लेखेका छन् ।
सामाजिक सञ्जालमा सिद्धार्थको यो तस्बिरलाई धेरै फ्यानले लाइक गरिरहेका छन् । धेरै फ्यानहरुले दुई जना बीचको सम्बन्धमा प्रश्न उठाइरहेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्– घाम बिनाको एक दिन पनि… त्यसोभए कियारा आडवाणी तपाईको सनसाइन थिइन् ?अर्को युजर लेख्छन् के साँच्चै ब्रेकअप भयो ? सिद्धार्थ र कियाराले परमवीर चक्र सम्मानित क्याप्टेन विक्रम बत्राको बायोपिक फिल्म ‘शेरशाह’ मा सँगै काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया