काठमाडौं । भारतमा क्रिकेटको फरक फ्यानबेस छ । भारतमा क्रिकेट जनताको शौक मात्र नभएर धेरैको सपना र धेरैको माया पनि हो । पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरको धेरै नै फ्यानहरु छन् । क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकरको जीवनमा यस्ता धेरै अवसर आए, जब उनले क्रिकेटप्रतिको आफ्नो माया र प्रशंसा विश्वसामु प्रस्तुत गरे।
आफ्नो लामो क्रिकेट करियरमा कैयौं कीर्तिमान र कोसेढुंगा बनाएका यी महान खेलाडीको आज जन्मदिन हो । क्रिकेटर तेन्दुलकरको जन्मदिनको अवसरमा भारतीय क्रिकेटरमाथि बनेका केही बायोपिक फिल्म र रिलिज हुने फिल्मको बारेमा चर्चा गर्दै छौँ ।
‘सचिन ए बिलियन ड्रीम’
सचिनले सन् २०१७ मा ‘सचिन ए बिलियन ड्रीम’ मार्फत ४२ वर्षको उमेरमा फिल्ममा डेब्यु गरेका थिए । यो जेम्स एरस्काइनद्वारा निर्देशित थियो। रवि भागचन्दकाले यसलाई कार्निवल मोशन पिक्चर्सको ब्यानरमा निर्माण गरेका थिए।
सचिनको जीवनीमा बनेको यो फिल्मले उनको जीवनका धेरै अनपेक्षित पक्षहरूलाई विश्वसामु ल्याएको थियो । यो फिल्म ओटीटी र सोनी लाइभमा हेर्न सकिन्छ ।
‘एमएस धोनीस् द अनटोल्ड स्टोरी’
भारतीय क्रिकेट टिमका क्याप्टेन कुल भनिने क्रिकेटर महेन्द्र सिंह धोनीको जीवनमा पनि फिल्म बनेको छ । नीरज पाण्डे निर्देशित फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।
सन् २०१६ मा रिलिज भएको फिल्ममा दिवंगत अभिनेता सुशान्त सिंह राजपूत धोनीको भूमिकामा देखिएका थिए । फिल्ममा धोनीको जीवन र उनको संघर्षसँग सम्बन्धित धेरै गोप्य कुराहरु जनतासामु प्रस्तुत गरिएको छ । फिल्म डिज्नी प्लस हटस्टारमा उपलब्ध छ।
अजहर :
टोनी डिसुजाद्वारा निर्देशित ‘अजहर’ भारतीय क्रिकेटर मोहम्मद अजहरुद्दीनको जीवनमा आधारित थियो। सन् २०१६ मा आएको यो फिल्म एकता कपुर र शोभा कपुरले निर्माण गरेका हुन् ।
फिल्ममा अजहरुद्दीनको भूमिका बलिउड अभिनेता इमरान हाश्मीले निभाएका थिए । यस फिल्ममा अजहरको म्याच फिक्सिङको आरोपदेखि लिएर उनको विवाहसम्मका सबै पक्षलाई नजिकबाट देखाइएको छ । तपाईंले यो फिल्म नेटफ्लिक्स र युट्युबमा हेर्न सक्नुहुन्छ।
कौन प्रवीण तांबे ?
सन् २०१६ मा रिलिज भएको फिल्म कौन प्रवीण तांबे भारतीय क्रिकेटर प्रवीण ताम्बेको जीवनमा आधारीत फिल्म हो । जयप्रदा देसाईले निर्देशन गरेको यस फिल्ममा श्रेयस तलपदेले क्रिकेटर प्रवीण ताम्बेको भूमिका निर्वाह गरेका छन् ।
४१ वर्षको उमेरमा आईपीएल डेब्यू गरेका प्रवीण ताम्बेमा आधारित यो फिल्ममा उनको संघर्ष र त्यसपछि उनको व्यक्तिगत जीवनको उतारचढाव समेटिएको छ । फिल्म ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ।
८३
यो फिल्म कपिल देवको बायोपिक हो । यस फिल्ममा रणवीर सिंहले कपिल देवको भूमिका निभाएका छन् । गत वर्ष रिलिज भएको यो फिल्म सन् १९८३ को विश्वकपमा आधारित छ । फिल्ममा भारतीय टोलीको ऐतिहासिक जितको छायांकन गरिएको छ ।
यससँगै कपिल देवको १७५ रनको नदेखेको इनिङ्स पनि फिल्ममा देखाइएको थियो । जुन त्यतिबेलाको मिडिया हडतालका कारण आजसम्म कसैले देख्न सकेका थिएनन् । तपाईंले यो फिल्म नेटफ्लिक्स र प्लस हटस्टारमा हेर्न सक्नुहुन्छ।
शाबाश मिठू :
भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राजको जीवनीमा आधारित फिल्म शाबास मिथु चाँडै रिलिज हुँदैछ । यस फिल्ममा बलिउड अभिनेत्री तापसी पन्नु मिताली राजको भूमिकामा देखिनेछिन् ।
शाबास मिथुलाई सृजित मुखर्जीले वायाकम १८ स्टुडियो अन्तर्गत निर्देशन गरेका हुन्। यसमा मितालीको जीवन, उतार चढाव, असफलता र उत्साहका क्षणहरू चित्रण गरिएको छ।
चक्डा एक्सप्रेस :
लामो समयपछि ठूलो पर्दामा फर्किएकी बलिउड अभिनेत्री अनुष्का शर्मा छिट्टै क्रिकेट बायोपिकमा देखिने भएकी छन् ।
पूर्व भारतीय महिला क्रिकेट कप्तान झुलन गोस्वामीमा आधारित फिल्म चकडा एक्सप्रेस ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया