फेसबुकले बोस्टनस्थित क्रिमसन हेक्सागनलाई बन्द ग-यो

एजेन्सी : फेसबुकले बोस्टनस्थित प्रविधि क्षेत्रको विश्लेषण गर्ने आफ्नो कम्पनी क्रिमसन हेक्सागनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यो कम्पनीले डेटा संकलन गरेर अरू साइटसँग त्यो जानकारी साझा गरेको आरोप लागेपछि फेसबुकले यो निर्णय गरेको हो ।

फेसबुकले उपभोक्ताहरूको जानकारी तेस्रो पक्षलाई बेचेको आरोप खेपिरहेको छ ।

क्रिमसन हेक्सागनका ग्राहकहरू मध्ये सरकारसँग सम्बन्ध राख्ने मुनाफा नकमाउने एक रूसी कम्पनी रहेको छ ।

वालस्ट्रिटले जनाए अनुसार फेसबुकसम्बन्धी यो विवादमा यसको नाम आएको थियो ।

फेसबुक वा इस्टाग्रामबाट लिइएको जानकारी उपयोग गरी निगरानी राख्ने उपकरण बनाउन हामीले डिभलपरहरूलाई अनुमति नदिएको फेसबुकको उत्पादन साझेदारी विभागका उपाध्यक्ष इमी

आर्किबोंगले बताए । 

विवाद अनुसन्धानमा क्रिमसन हेक्सागनले सहयोग गरिरहेको जनाउँदै फेसबुकले अनुसन्धानबाट गलत गरेको प्रमाण फेला नपरेको जनायो ।

क्रिमसन हेक्सागनले आफ्नो वेबसाइट एक खर्ब भन्दा बढी उपभोक्ताहरूसँग संवाद गर्न खुला रहेको जनायो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?