सिंगापुर एयरलाइन्स सन् २०१८का सर्वोत्तम विमानसेवा

एजेन्सी : सिंगापुर एयरलाइन्सले फेरि  सन् २०१८को सर्वोत्तम विमान सेवाको सम्मान प्राप्त गरेको छ ।

यसअघि यो विमान सेवाले सन् २००८मा यो सम्मान प्राप्त गरेको थियो ।

ओस्कार सम्मानको समकक्षी मानिएको स्काइट्राएक्स वल्र्ड एयरलाइन अवार्डको प्रतिस्पर्धामा सिंगापुर एयरलाइन्सले गत वर्षका विजेता कतार एयरवेजलाई दोस्रा स्थानमा  धकेल्दै पहिलो भएको हो ।

यसका साथै सिंगापुरले चार विधाको उपाधि जितेको छ । सिंगापुरले वेस्ट फस्ट क्लास, वेस्ट एयरलाइन इन एसिया र वेस्ट फस्ट क्लास सिटसमेतको उपाधि हात पारको छ ।

सन् २०१५, २०१२ र २०११का साथै सन्  २०१७का उपाधिधारी कतार एयरवेजले पनि अन्य पुरस्कारहरू जितेको छ ।

बेस्ट बिजनेस क्लास, बेस्ट एयरलाइन इन द मिडल इस्ट र बेस्ट बिजनेस क्लास सिटको उपाधि जितेको छ ।

सन् २०१८मा विश्वका सर्वोतम दश विमान सेवा कम्पनीहरूमा 

पहिलो  सिंगापुर एयरलान्यस


दोस्रो  कतार एयरवेज


तेस्रो आना अल निप्पन एयरवेज


चौथो इमिरेट्स एयरलाइन्स


पाँचौ इभा एयर


छैटौं क्याथे प्यासिफ


सातौं  लुफ्थान्सा


आठौं हाइनान एयरलान्यस


नवौं गरूड इन्डोनेसिया


दशौं थाई एयरवेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?