काठमाडौं । साउदी अरेबियाले बेनेडिक्ट कम्बरब्याच स्टारर प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को प्रदर्शनमा रोक लगाएको छ ।
निर्माता कम्पनी मार्भलकै अघिल्लो फिल्म ‘द इटर्नल्स’लाई रोक लगाइएको प्रावधानलाई पछ्याउँदै साउदीले सोही ब्यानरको अर्को फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
‘द इटर्नल्स’मा समलैंगिक पात्रहरुको रोमान्स र गे सुपरहिरोलाई चित्रण गरिएको छ । सामान्यतः खाडी मुलुकमा समलैंगिकता सम्बन्धी विषयमा बनेका फिल्मको सेन्सर पास हुँदैन । ‘डक्टर स्ट्रेन्ज २’मा अमेरिका चाभेजलाई लेस्बियन किशोरीको रुपमा चित्रण गरिएको कारण दर्शाउँदै साउदी सेन्सरले फिल्म प्रदर्शनको अनुमति नदिएको हो ।
साउदी अरेबियामा अहिले पनि समलैंगिकतालाई गैरकानुनी मानिन्छ । ‘डक्टर स्ट्रेन्ज’ नेपालसहित विश्वभर मे ५ तारिखमा रिलिज हुने तयारीमा छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया