काठमाडौं। भरत खवास, नेपाली राष्ट्रिय टिमका भरपर्दा स्ट्राइकर हुन्।
भरतले सन् २००८ देखि राष्ट्रिय टिममा नियमित सहभागिता जनाउनु मात्र हैन्, उनकै केही महत्वपूर्ण निर्णायक गोलले नेपाललाई जित पनि दिलाए ।
तर उनी के कारणले राष्ट्रिय टिममा परेनन्, ऊ बिनाको ‘एसियन च्याम्पियनसिप’ कस्तो होला? यो सबैको चासोको विषय बन्न सक्छ । तर, इन्डोनेशियाको जार्कातामा हुने १८ औं एसियाली खेलकुदमा भने भरतले नखेल्ने पक्कापक्की भएको छ । कारण ‘लेग इन्जुरी’
‘ग्रोइन इन्युरी’ का कारण फिट नभएका भरत यसपालि राष्ट्रिय टिममा अटाउन नसकेका हुन् । नेपालका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले भरतले ‘एसियन गेम्स’ मा सहभागि नहुने जानकारी दिएका हुन् ।
‘भरत राम्रो खेलाडी हो हामी सबैलाई थाहाँ छ, तर उसले नियमित रुपमा ट्रेनिङ गर्न सकिरहेको छैन् । इन्जुरीले गर्दा भरतलाई फिट हुन अझै समय लाग्छ । अब भरतको स्थानमा विशाल राईले खेल खेल्नेछ ।’ उनले भने ।
यता स्ट्राइकर भरतले भने कुनै अफिसियल रुपमा जानकारी नआएको बताएका छन् । तर प्रशिक्षकले गरेको निर्णय नै अन्तिम हुने भन्दै उनले कुनै गुनासो नरहेको बताए । खवासले राष्ट्रिय टिमबाट नियमित रुपमा प्रशिक्षण गर्न नसकेको पनि जानकारी दिए ।
‘मैले रेगुलर ट्रेनिङ नगरेको तीन साता जति भयो । म दैनिक ट्रेनिङ गर्ने ठाँउमा जान्छु, अरु साथीहरु निक्कै मेहनत गरेर ट्रेनिङ गरिरहेका छन्, तर म त्यसरी ट्रेनिङ गर्न सक्दिन् । मैले ट्रेनिङ गर्दै नगर्ने भन्ने चाही होइन् तर हल्का गर्छु ।’, उनले लोकपथलाई भने ।
साथै, एसियन गेम्स खेल्न नपाउँदा दुःख लागेको पनि बताए । ‘च्याम्पिनसिप खेल्न नपाउँदाको पिडा खेलाडीलाई मात्र थाहाँ हुन्छ । मलाई पनि अहिले त्यस्तै भइरहेको छ । मेरो इन्जुरीले गर्दा मैले महत्वपूर्ण च्याम्पियनसिपहरु गुमाइसकेको छु । अहिले पनि म रेस्टमा छु, सायद भोली (सोमबार) देखि रेगुलर ट्रेनिङमा जान्छु ।’ उनले थपे ।
भरतले अहिले पनि फिजियोथेपारी गरिरहेको पनि जानकारी दिए ।
सन् २०१६ मा मलेसियामा सम्पन्न सोलिडारिटी कप फुटबलमा पनि खबासले हातको शल्यक्रिया गरेको २२ दिनमा नै नेपाली टिमको प्रतिनिधित्व गर्दै खेल खेलेका थिए । गत जुन २९ देखि जुलाई २ सम्म अमेरिकामा भएको ‘नेशनल अमेरिकन कन्भेन्सन’ मा खवास सहित कप्तान बिराज महर्जन र नबयुग श्रेष्ठ सहभागी भएका थिए । त्यतिबेला पनि खबास घाइते नै थिए ।
भरतले राष्ट्रिय टिमबाट कुल ४१ खेलमा सहभागिता जनाउँदै ९ गोल गरिसकेका छन् । सन् २०१२ मा युरोपियन क्लबमा ट्राइल दिन गएपनि उनी सफल भने हुन सकेको थिएन ।
को हुन् भरत खबास
सानै उमेर देखि फुटबलमा लगाव राख्ने खवास अखिल नेपाल फुटबल संघ (एन्फा एकाडेमि) को उत्पादक खेलाडी हुन् ।
वि.स. २०४८ सालमा मोरङको हरैंन्चा पच्छाममा जन्मिएका खबासले सन् २००६ मा संकटा युथ क्लबबाट व्यवसायिक खेल्न शुरु गरेका हुन् । १ वर्ष त्यहि बिताएका उनले ए डिभिजन क्लब फ्रेण्ड्स क्लबबाट खेल खेले ।
४ वर्ष फ्रेण्ड्स क्लबसँगको सम्झौता सकिएपछि उनी विभागिय टिममा आबद्ध भए । सन् २०११ देखि नेपाल पुलिस क्लबबाट खेल खेले ।
त्यसयता खवासले आर्मी क्लबबाट खेल खेलिरहेका छन् ।
उनको कप्तानीमा आर्मी क्लबले गतवर्ष ७ वटा ‘मोफसल’ प्रतियोगिताको उपाधि जितेको थियो ।
अन्तर्राष्ट्रिय गोल
सन् २०११ जुलाई २८ मा सम्पन्न जार्डनविरुद्धको फिफा विश्वकपको छनोट खेलमा सवासले पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए । त्यतिबेला नेपाल र जोर्डन एक—एक गोलको बराबरीमा रोकिएको थियो ।
सन् २०११ डिसेम्बर ६ मा भारतमा सम्पन्न साफ च्याम्पियनसिपका दौरान भरतको महत्वपूर्ण एक गोलको मदतले नेपालले पाकिस्तानलाई १—० ले हराएको थियो ।
सन् २०१३ मार्च २ मा सम्पन्न एएफसी च्यालेन्स कपको छनोट अन्तर्गत भरतको ह्याट्रिकको मदतमा नेपालले नर्थन मरियना आइल्याण्डलाई ६—० को फराकिलो गोल अन्तरले हराएको थियो । त्यतिबेला भरतले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरेका हुन् । उनले खेलको चौँथो, ४१ औं र ७२ औं मिनेट गोल गर्दै पहिलो ह्याट्रिक गरे ।
सन् २०१३ अगस्ट ३१ मा घरेलु मैदानमा सम्पन्न साफ च्याम्पियनसिपका दौरान उनले बंगलादेशविरुद्ध गोल गरे । त्यतिबेला अनिल गुरुङले १८ औं र खवासले ३१ औं मिनेटमा गोल गरेका थिए । त्यतिबेला नेपालले बंगलादेशलाई २—० गोलले पाखा लगाएको थियो ।
सन् २०१६ नोभेम्बर ८ मा मलेसियामा सम्पन्न सोलिडारिटी कपमा उनले बु्रनई विरुद्धको खेलमा ७२ औं मिनेटमा गोल गरे । त्यतिबेला फाइनल खेलमा नेपालले बु्रनईलाई ३—० गोलले पराजित गरेको थियो । फाइनल खेलमा मकाउलाई पन्छ्याउँदै नेपालले उपाधि उचालेको थियो ।
एसियन गेम्समा नेपाल समूह ‘डी’ मा परेको छ । समूहमा नेपालसहित पाकिस्तान, भियतनाम र जापान रहेको छ । यो समूहमा रसियामा सम्पन्न फिफा विश्वकपमा सहभागि जापानलाई बलियो टिमको रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया