विदेशी फिल्मलाई कर बढाउने सरकारको तयारी

लोकपथ
84
Shares

काठमाडौं । सरकारले विदेशी फिल्मलाई कडाइ गर्ने तयारी गरेको छ । तालुक निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेटमार्फत विदेशी फिल्मको प्रदर्शनमा केही कडाइ गर्ने तयारी गरेको हो ।

विदेशी फिल्मलाई कर वृद्धि र स्वदेशी फिल्मलाई कर छुटमार्फत सम्बोधन गर्न सरकारले तयारी गरिरहेको जनाएको हो ।

पछिल्लो समय नेपाली फिल्म बजारमा दक्षिण भारतीय फिल्मको दबदबा बढेको र प्रदर्शक तथा वितरकको पेलानमा परेको भन्दै गुनासो आएपछि मन्त्रालयले चासो देखाएको हो । गत साता चलचित्र विकास बोर्डले विदेशी फिल्मलाई कडाइ गर्नेबारे मन्त्रालयलाई सुझाव दिएको थियो ।

साथै, बोर्डले डब फिल्मको रिलिज रोक्न मन्त्रालयलाई आग्रह पनि गरिसकेको छ ।

केजीएफ-२, आरआरआर, पुष्पा, स्पाइडरम्यानजस्ता विदेशी फिल्मले नेपाली फिल्म बजारमा कब्जा जमाएको र प्रदर्शकले नेपाली फिल्मलाई बेवास्ता गरेको गुनासो फिल्मवृत्तबाट आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?