नेपाल बैंक लिमिटेडको २ करोड नौ लाख ठग्ने मल्ल सुन्धाराबाट समातिए

काठमाडौं । नेपाल बैंक लिमिटेडको दुई करोड नौ लाख ५० हजार रुपियाँ कर्जा हिनामिना गरी फरार रहेको अभियोगमा धादिङ नलाङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ल आइतबार सुन्धाराबाट समातिएका छन् । 

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले पक्राउ गरेको हो । सर्वोच्च अदालतले २०७३ साल कात्तिकमा अख्तीयार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा एककरोड ४० लाख ७५ हजार चारसय ८८ जरिवाना सजाय सुनाएको थियो । 

सजाय भुक्तान नगरी फरार भएका मल्लमाथि पीजी स्टोर्स र सानिमा फर्निचर कम्पनी खडा गरी सोही कम्पनीका नाममा कमसल धितो राखी अस्वभाविक मूल्याङ्कन गराई नेपाल बैंक लिमिटेडबाट दुई करोड नौ लाख ५० हजार ऋण लिई हिनामिना गरेको अभियोग लागेको छ । 

हाल नयाँबानेश्वर बस्दै आएका मल्लसंग वित्तिय कर्जा हिनामिनामा संलग्न केही अभियुक्तहरु यसअघि नै पक्राउ गरिएको ब्युरोले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?