एनएमबी बैंकद्वारा विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

लोकपथ
49
Shares

काठमाडौं । एनएमबी बैंकले सामाजिक दायित्वअन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ ।

वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरु उपस्थित थिए । बैंकले स्कुल ब्यागहरु, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यो सहकार्यले विद्यार्थी भाइबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरे ।

विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपाल कै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?