मेषलाई धनलाभ हुनसक्ने, अरू राशिको कस्तो छ आज ?

लोकपथ
0
Shares

काठमाडौं । १२ वैशाख २०७८ सोमबार । तद्नुसार अप्रिल महिनाको २५ तारिक २०२२ । वैशाख कृष्णपक्ष दशमी, वणिज करण, धनिष्ठा नक्षत्र शुक्ल योग, चन्द्रमा मकर राशिमा छ ।

आजका देवता पार्वती र ग्रहदेव चन्द्र हुन् । आज सूर्योदय ५ः३० मा भएको छ भने सूर्यास्त ६ः३३ मा हुनेछ । आज बिहान ७ः०८ देखि ८ः४६ सम्म राहुकाल छ । यो समयमा कुनै पनि शुभकार्य गर्नु हुँदैन ।

सोमबार शिवालयको यात्रा शुभ मानिन्छ । सोमबारको दिन बाहन खरिद गर्नका लागि शुभ मानिन्छ । बिहान ११ः३६ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्तको समय हो ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो)

मेष राशिका जातकको लागि आजको दिन धनलाभ हुनसक्छ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनोबाच्चित इच्छा पूरा हुँदै जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वु, वे, वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा छाउनेछ । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला।

मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला ।

कर्कट (ह, हू, हे, हो, डि, डे, डो)

आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नै आरोप लाग्न सक्छ ।

कन्या (टो, प, पी, पू, ष, ण, ठ, पे, पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । कसैलाई पनि हानी हुने काम नगर्नुहोला । साना कन्यालाई भोजन र केही खानेकुरा र बस्त्र दान दिनुहोला । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ । शिवालयको यात्रा गरेर केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईँलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन यात्रा अवरोध आउनसक्छ । आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढ, भे)

तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र वृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खे, खो, गा, गी)

आज अर्थलाभ हुने सम्भावना छ । कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द)

आजको दिन यात्राले मनमा प्रसन्नता छाउनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनुभएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)

मीन राशिका जातकले सोमबार सुरु गरेका काम साताभित्र सकिनेछ । त्यसैले आजको दिन कुनै शुभ कामको सुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिनेछ । मीन राशिका जातकले आजको दिन मौन रहनु बेश हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला शिवालय यात्राले तपाईँमा आत्मबल वृद्धि हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?