इन्फिनिटी लघुवित्तले ६ लाख कित्ता अार्इपीअो ल्याउँदै

काठमाडाैं : इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ६ करोड रूपैयाँ बराबरको ६ लाख कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन गर्न लागेको छ । 

प्रतिकित्ता १०० रूपैयाँका दरले इन्फिनिटीले अार्इपीअो निष्काशन गर्न लागेको हो ।

अार्इपीअो निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलार्इ बिक्री प्रबन्धक नियुक्त गरेको इन्फिनिटीले अार्इपीअो जारी गरेपछि संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व कायम गराउनेछ । 

हाल १४ करोड चुक्ता पूँजी रहेको यो लघुवित्तले अार्इपीअो बेचेपछि चुक्तापूँजीको अाकार २० करोड रूपैयाँ पु-याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?