विश्वव्यापी मनोरञ्जन उद्योगलाई आकार दिने शीर्ष नेतृत्वमा अम्बानी दाजुभाई ,सलमान र प्रियंका

एजेन्सी: विश्वव्यापी मनोरञ्जन उद्योगलाई आकार दिने शीर्ष नेतृत्वमा पर्ने भारतीयहरूमा अम्बानी दाजुभाई, सलमान र प्रियंका चोपडा रहेका छन् ।

विश्व मनोरञ्जन उद्योगलाई आकार दिन योगदान पु-याउनेहरूको भेराइटी म्याग्जिनले तय गरेको ५सय जनाको सूचीमा उनीहरू शीर्ष भारतीयहरूमा रहेका छन् ।

विश्वव्यापी मनोरञ्जन उद्योग २ खर्ब अमेरिकी डलर बराबरले विस्तार भएको छ ।

यो सूचीमा अन्य भारतीयहरूमा करण जौहर, स्टार इन्डियाको प्रमुख कार्यकारी उदय शंकर, एसल ग्रुपका अध्यक्ष सुभाष चन्द्र, यश राज फिल्मका आदित्य चोपडा, बालाजी टेलिफिल्मकी एकता कपूर,

जी इन्टरटेनमेन्टका प्रमुख कार्यकारी पुनित गोयनका र  द फिल्म एन्ड टेलिभिजन प्रडुयसर्स गिल्ड अफइ इन्डियाका सिद्धार्थ कपूर रहेका छन् ।

यो सूचीको शीर्षस्थानमा वाल्ट डिस्नी कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी रोबर्ट इगर रहेका छन् ।

इगरले ठूलो जोखिम मोलेर लगानी लगाउने लगानीकर्ताको रूपमा चिनिन्छ ।

यसैगरी वान्डा मिडिया ग्रपका अध्यक्ष जैनिलिन वांग, एक्टर प्रडयुसर बार्डली कूपर, सोनी कर्पोरेशनका अध्यक्ष काज हिराई , लेखक जेक रावलिंग, नेटफ्लिक्स प्रमुख कन्टेन्ट अफिसर टेड सासान्दोस,

पप स्टार बोयोन्स, लेखक एवं निर्देशक प्याटि जेनकिन्स, मेगाल इलिसनका अन्नपूर्ण पिक्चर्स र युटयुबका प्रमुख कार्यकारी सुसन ओजसिकीलगायतका रहेका छन् ।

भारतका सर्वाधिक धनी मुकेश अम्बानीले ३० अर्ब अमेरिकी डलर बराबरको लगानी जियोमा गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?