जिम्बावे । पाकिस्तानले जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसिय श्रृङ्खला क्लिन स्विप गरेको छ ।
आइतबारराति सम्पन्न भएको पाँचौ तथा अन्तिम खेलमा पाकिस्तानले जिम्बावेलाई १ सय ३१ रनको जित पराजित गर्दै श्रृङ्खला आफ्नो पक्षमा पारेका हो ।
बुलावायो मैदानमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ६४ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक १ सय १० रनको योगदान दिए ।
त्यस्तै, बाबर अजामले पनि सतकिय पारी खेले । उनले १ सय ६ रन जोडेका थिए ।
प्रतियोगितामा लगातार दोस्रो सतक बनाउन सफल भएका इमाम उल हकले ९ अन्तर्राष्ट्रिय खेलमा सतक सख्या ४ पुर्याएका छन् । त्यस्तै एकदिवसिय खेलमा सर्वाधिक छिटो १ हजार रन पुरा गरेका फकर जमानले ८५ रन बनाए ।
जवाफी मैदानमा उत्रेको म्बावे निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै मात्र २ सय ३३ रनमा समेटियो ।
जिम्बावेका लागि रायन मुर्रेले ४७, पिटर मोरले ४४ तथा प्रिन्स मासभार्रेले ३९ रन जोडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया