प्रि-सिजन टुरमा लिभरपुल पराजित

अमेरिका । प्रि—सिजन टुर अन्तर्गत अमेरिकामा रहेको इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स इन्टरनेशनल कपमा पराजित भएको छ । 

बैंक अफ अमेरिकन स्टेडियममा आइतबारराति सम्पन्न खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग तीन—एक गोल अन्तरले पराजित भएको हो । 

खेलको २५ औं मिनेटमा लिभरपुलका लागि भर्जिन भान डाइकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए । उनले हेडमार्फत गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले पछाडी रहेको बोरुसियाका लागि ६६ औ मिनेटमा क्रिस्टियन पुलिसिकले पेनाल्टीमार्फत गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै, ८९ औं मिनेटमा पुनः पुलिसिकले गोल गर्दै खेललाई दुई—एकको स्थितीमा ल्याए । एकपक्षिय रहेको खेल सकिनै लाग्दा लार्सेनले गोल गरेपछि लिभरपुल स्तब्ध भएको थियो । 

लिभरपुलले अब २६ जुलाइमा म्यानचेस्टर सिटी र २८ मा म्यानचेस्टर युनाइटेडसँग खेल्ने कार्यक्रम रहेको छ ।  १८ क्लब सहभागि च्याम्पियन्स इन्टरनेशनल कपमा प्रत्येक टिमले तीन—तीन खेल खेल्नेछन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?