वार्षिक रिचार्ज गर्दा डिसहोमका २ जना ग्राहकले जिते एक लाख

लोकपथ
70
Shares

काठमाडौं । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउनेछन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

यसै योजनाअन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् ।

डिसहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिसहोमको फण्ड ट्रान्स्फरमार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिसहोम सोकेस मा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?