काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विद्युतीय सवारी साधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकको लागि Okinawa ब्राण्डको इलेक्ट्रोनिक स्कुटर 0 % EMI मा पाउने व्यवस्था गरेको छ ।
माछापुच्छ्रे बैंकले BHC International Pvt.Ltd सँगै सम्झौता गरि बैंकको Instapay सुविधामार्फत इलेक्ट्रोनिक Okinawa Scooter 0 % EMI मा पाउने व्यवस्था गरेको हो । उक्त सम्झौतापत्रमा BHC International Pvt.Ltd.को तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लि राम गिरीले हस्ताक्षर गरेका थिए । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्धेश्य एंव वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
BHC International Pvt.Ltd. सँगको सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि 0 % EMI मा Instapay मार्फत Okinawa ब्राण्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् ।
साथै बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा BHC International Pvt.Ltd.को नेपाल स्थित सबै showroom मार्फत प्रदान गरिनेछ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया