बुटवलमा एसपी यादवको आगमनसँगै सुरक्षामा कडाइ, अपराधी भागाभाग

– शम्भु माली

कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले दुई महिनामा तस्करी गरी भित्र्याइएका झण्डै ७३ लाख बराबरको सामग्री बरामद गरेको छ । भारतबाट विभिन्न नाका हुँदै अवैध रुपमा भित्र्याइएका समान बरामद गरी कृष्णनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस क्षेत्रमा व्यवस्थित र कडाइका साथ चेकजाँच थालेको छ ।

प्रहरीले बरामद गरेका सामग्रीमा कपडा, खाद्य तथा उपभोग्य र विद्युतीय सामग्री रहेका छन् । प्रहरीले १ जेठदेखि असार मसान्तसम्म ७३ लाख २९ हजार १ सय ५ रुपैयाँ रुपैयाँको सामग्री बरामद गरेको हो ।

उक्त अवधिमा प्रहरीले १५ जना फरार अभियुक्तलाई पक्राउ गरी कारगार पठाइएको प्रहरीले जनाएको छ । साथै अभियुक्तबाट १ लाख ४४ हजार नगद जरिवाना असुल उपर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज यादवले ट्राफिक चेक जाँचका क्रममा २५ लाख ४६ हजार राजस्व असुलेको बताए । उनी सरुवा भएर आएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा भएको छ ।

‘शान्ति सुरक्षा कायम गर्नका लागि कार्ययोजना बनाएर काम गर्छु’, एसपी यादवले भने, ‘अहिले सबैले शान्ति महसुस गरेका छन्, गलत काम गर्ने कसैलाई पनि छाड्दिन ।’
साथै उनले अपराध गर्नेलाई हदैसम्मको कारवाही गर्ने पनि बताए ।

‘गत आवको १० महिनामा चोरी तस्करी गरी ल्याइएको ६० लाखका अवैध सामान पनि बरामद भएको थिएन’, उनले भने, ‘दुई महिनामै त्योभन्दा बढी समान बरामद भए ।’

व्यवस्थित र सुक्ष्म चेकजाँच हुँदा गत असार १६ गते एकैदिन अवैध तरिकाले भित्र्याइएको भारतीय रुपैयाँ, रिभल्वर र अवैध लागूऔषध चरेस बरामद भएको थियो । दिउँसो ३ बजेतिर अवैध तरिकाले भित्र्याइएको १३ लाख १३ हजार ६ सय ६० भारतीय रुपैयाँ बरामद गरेको थियो । घटनामा २ जना पक्राउ परेका थिए ।

प्रहरीका अनुसार  राति नौ बजेतिर तौलिहवा–४ नम्बर सडक खण्डअन्तर्गत् जहदीमा प्रहरीले चेकजाँच गर्दा एक रिभल्वर सहित २ जना पक्राउ परेका थिए । त्यस्तै राति ११ बजे शिवराज नगरपालिका १ उमरी चोकमा रा३प २३४३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाका साथबाट अवैध लागूऔषध २२ किलो चरेश बरामद गरेको थियो ।

प्रहरीले सुरक्षामा कडाइ गर्दै लैजाने जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?