सात दशकसम्म मात्रै एक रजत? यसकारण हार्दो रहेछ नेपाल

काठमाडौं । एशियाली खेलकुद, यो च्याम्पियनसिप ‘एशियाड’ को नामले प्रसिद्ध छ ।  

छिमेकी मुलुक भारतले सन् १९५१ मा पहिलो पटक आयोजना गर्दा नेपाल पनि सहभागि राष्ट्र मध्ये एक थियो ।

भारतको पहिलो राष्ट्रपति राजेन्द्र प्रसाद र प्रधानमन्त्री जवहारलाल नेहरुले प्रतियोगिताको उद्घाटन गर्दा विश्वभरि नै चर्चा चलेको थियो । कारण, एशियन गेम्स शुरु ।

त्यतिबेला राष्ट्रपति राजेन्द्र प्रसादले भनेका थिए ‘एशियाली खेलकुद सबै राष्ट्रहरुबीच सुमधुर सम्बन्ध र मित्रतालाई शुरु गर्नु हो ।’ 

पहिलो संस्करणदेखि १८ औँ संस्करणसम्म आइपुग्दा ‘एशियाड’ मा नेपालको सहभागिता नियमित छ । तर, नजिता भने खासै राम्रो छैन । के कारणले नेपाली खेलाडी एशियाली खेलकुदमा स्वर्ण पदक जित्न चुक्छन्, यो गम्भिर विषय बनेको छ । 

अहिलेसम्म तेक्वान्दोकी सविताराज भण्डारीले एशियाडमा जितेको रजत पदक नै नेपालले जितेको सबैभन्दा ठूलो पदक हो । उनले सन् १९९८ मा थाइल्याण्डमा सम्पन्न १३ औँ बैंकक एशियाडमा सो पदक जितेकी थिइन् । 

दक्षिण एशियाली खेलकुद ‘साग’ मा थुपै नेपाली खेलाडीहरुले स्वर्ण पदक जित्दै नयाँ रेकर्ड पनि बनाइसकेका छन् । जस्तो की, तेक्वान्दो खेलाडी (हाल राष्ट्रिय टिमका प्रशिक्षक) दिपक विष्टले ‘साग’मा लगातार ४ पटक स्वर्ण पदक जित्दै किर्तीमानी रेकर्ड कायम गरेका थिए ।

सफल खेलाडीको दर्जा पाइसकेका दिपकले दुई संस्करणको एशियाडमा सहभागिता जनाएका थिए । उनले सन् २००२ मा दक्षिण कोरियको बुसान एशियाड र २००६ दोहा एशियाडमा कास्य पदक मात्र जितेका थिए । 

त्यस्तै, तेक्वान्दो क्विन संगिना बैद्यले पनि सन् २००० मा सम्पन्न हङकङ एशियाडमा कास्य पदक नै जितेकी थिइन् ।

 अहिलेसम्म तेक्वान्दोकी सविताराज भण्डारीले एशियाडमा जितेको रजत पदक नै नेपालले जितेको सबैभन्दा ठूलो पदक हो । उनले सन् १९९८ मा थाइल्याण्डमा सम्पन्न १३ औँ बैंकक एशियाडमा सो पदक जितेकी थिइन् । 

यि खेलाडी त एशियाली खेलकुदका केही पात्र मात्र हुन् ।

त्यसो त खेलमा लागेर केही गर्न सकिदैन् भन्ने खेलाडी यहाँ नभएको भने होइन् । केही खेलाडी देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मैदानमा खेलेर स्वदेश फर्कन्छन् भने कोही उतै पलायन हुन्छन् ।

यस्तैमा, सन् २०१४ को इन्चोन एशियाडको कास्य पदक विजेता कराँतेकी बिमला तामाङ भने अमेरिका पलायन भइसकिन् भने दिपक महर्जन अहिलेपनि खेलकुदमा नै सक्रिए छन् । 

यता, सन् २०१० को ग्वान्झाउमा भएको एशियाली खेलकुदमा बक्सिङका महर्जनले कास्य पदक जितेका थिए । नेपालले पछिल्लो एशियाडको दुई संस्करणमा १—१ कास्य पदक मात्र जितेको छ ।

६७ वर्षसम्मको लामो एशियाड यात्रामा नेपालले अहिलेसम्म १ रजत र २२ कास्य गरि २३ पदक मात्र जितेको छ । 

सन् २०१६ मा भारतमा सम्पन्न १२ औँ दक्षिण एशियाली खेलकुद ‘साग’ मा नेपालले अपेक्षाअनुसार नतिजा हासिल गर्न सकेन् ।  त्यतिबेला नेपालले मात्र तीन स्वर्ण पदक जित्यो ।

केही खेलाडी देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मैदानमा खेलेर स्वदेश फर्कन्छन् भने कोही उतै पलायन हुन्छन्

उसु खेलाडी निमा घर्तिमगरले नेपाललाई पहिलो स्वर्ण पदक दिलाउदा जुडोकी फुपुल्हामु खत्रीले दोस्रो स्वर्ण पदक नेपाललाई दिन सफल भइन् । त्यस्तै, पुरुष फुटबल टिमले अन्तिम स्वर्ण पदक दिलाए । 

हरेक ठूला मानिएका प्रतियोगितामा नेपालको खस्कदो खेल स्तरले भविष्यमा नेपाल पदकविहिन बन्न सक्छ भन्न नसक्ला, यसतर्फ नेपाल सरकार, युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिन जरुरी छ । 

पदक जित्ने आशामा खेलाडी
भदौको पहिलो साताबाट इन्डोनेसियाको जाकार्तामा शुरु हुने एशियाडका लागि अहिले जुडोकी फुपुल्हामु खत्री जापानमा छिन् ।

केही महिनादेखि उनले जापानमा प्रशिक्षण गरिरहेकी छिन् । यता उसुकी निमा घर्तिमगर दशरथ रंगशाला हाताभित्र अभ्यासरत छिन् । त्यस्तै, फुटबल टिम भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको छ।

यता कराँतेका खेलाडीहरु पोखरामा प्रशिक्षणरत छन् । राष्ट्रिय खेलकुद परिषद्ले दिएको दैनिक १४ सय रुपैयाँ भत्ताको भरमा उनीहरु पोखरामा अभ्यास गरिरहेका छन् । 

वैदेशिक प्रशिक्षणका लागि कतै पठाउने आश्वासन पाएका खेलाडी दिन बित्दै जाँदा कुनै प्रक्रिया अगाडि नबढेपछि स्थानिय मैदानमा नै अभ्यास गर्न बाध्य छन् । यता, अस्तित्वमा रहेका दुवै कराँते महासंघले आफूले प्रक्रिया थालनी गरिसकेको बताउँदै आए पनि ठोस कार्य कतैबाट नआएकाले कराँतेको वैदेशिक प्रशिक्षण अन्योलमा परेको हो ।

 

खेल शुरु हुनुभन्दा एक महिना अगाडिसम्म खेलाडीले उचित प्रशिक्षणस्थल नपाउँदा प्रदर्शनमा प्रत्यक्ष असर पर्दछ ।

नेपालमै रहेर प्रशिक्षण गरिरहेका धेरैजसो खेलको पूर्वाधारलाई लिएर धेरै गुनासो सुनिने गरेको छ । यस्तो अवस्थामा खेलकुद परिषदले छिमेकी मुलुकसँग प्रशिक्षण सहयोग माग गरेर संघलाई समन्वय गर्न लगाउनु उचित हुने सम्बन्धित खेलकर्मीहरू बताउँछन् ।

कम्तीमा पदक आशा गरिएका खेललाई अन्तिम चरणमा उचित प्रशिक्षण दिने हो भने इन्डोनेसियाबाट पदक जित्न सकिने सम्भावना छ । 

नेपालले १८ औँ एसियाली खेलकुदमा यसपल्ट २८ खेलमा सहभागिता जनाउँदैछ । नेपालले यति धेरै खेलमा पहिलो पटक भाग लिन लागेको हो ।

२८ खेलमा पुरुषतर्फ १ सय २५ र महिलामा ५६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्  । अहिले ६ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?