गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
14
Shares

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले वैशाख ९ गते शुक्रबारका दिन आफ्नो छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरिएको थियो । साथै, शेयरधनीहरु उपस्थित उक्त सभामा विभिन्न विषयमा छलफल गरिएको थियो ।

सभामा सामान्य र विशेष प्रस्तावहरुको बारेमा छलफल गरिएको कम्पनीले जनाएको छ । सामान्य प्रस्तावमा आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी ११,८१,००,०००.०० रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १,८४,८३,८९५.९३ रुपैयाँ नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायत विशेषहरुमा छलफल गरिएको थियो ।

त्यसैगरी विशेष प्रस्तावहरुमा कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप/संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने, प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायत विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी उक्त सभामा प्रस्तुत गरिएका उपरोक्त बमोजिमका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिको निर्णयबाट पारित समेत भएका छन् ।

उक्त सभाले पाँच जनालाई सञ्चालकहरुलाई निर्विरोध निर्वाचित गरेको छ । जसमा दिपक पाण्डेयको अध्यक्षतामा रमा कान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठ लगायत सदस्यहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?